Skip Navigation
बन्द गर्नुहोस्

नोट

चयन गरिएको पृष्ठको लागि अनुवाद हाल उपलब्ध छैन।

नेपालमा मेटलाइफ

हाम्रो बारेमा

मेटलाइफ– ग्लोबल

सन् १८६८ मा स्थापित, मेटलाइफ इन्कर्पोरेटेड, यसका सहायक प्रतिष्ठानहरु र सम्बन्धन संस्थाहरुमार्फत्  बीमा, जीउनीहरु, कर्मचारी लाभ र जायजेथा व्यवस्थापनको विश्वव्यापी सेवा प्रदायक हो । न्यूयोर्कमा प्रधान कार्यालय रही विश्वका ४० भन्दा धेरै देशहरुमा संचालित मेटलाइफले संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एशिया, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ । 

मेटलाइफ– नेपाल

मेटलाइफ, मेटलाइफ इन्कर्पोरेटेडको एक शाखा हो, जुन नेपालमा ५ डिसेम्बर, २००१ देखि संचालित छ । नेपालमा बीमा अनुमति प्राप्त गर्ने पहिलो विदेशी कम्पनी भएकोले, मेटलाइफ जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र कर्मचारी लाभहरु बीमा गर्ने देशको एक अग्रणी संस्था हो, जसले सुलभ लागतमा आकर्षक बीमा संरक्षण योजनाहरु र लाभहरु उपलब्ध गराउँदै आइरहेको छ ।

हाम्रो कारोबार स्थानीय समुदायको केन्द्र वरपर रहँदै, हाम्रा एजेन्टहरु र बैकिं· साझेदारहरुको बृहत सञ्जाल मार्फत् उनीहरुको आवश्यकतालाई बुझ्न तथा उनीहरुलाई चाहिने सहयोग प्रदान गर्न लक्षित छ । नेपालमा हाम्रा ८००० एजेन्टहरु छन्, जसले हाम्रा प्रत्येक ग्राहकको लागि खासरुपमा उपयुक्त  योजना पत्ता लगाएको सुनिश्चित् गर्न कडा मेहनत गर्दछन् ।