आजको बढ्दो प्रतिस्पर्धात्मक युगमा आफ्ना सन्तानलाई उच्च शिक्षा प्रदान गरेर तपाईं उनीहरुको जीवनको राम्रो शुरुवात् गर्न चाहनु हुन्छ । तपाईंका आवश्यकताहरुमा हाम्रो शिक्षा संरक्षण योजना उपयुक्त हुन्छ ।
यस योजनाले तपाईंको बालबच्चाको उमेर अनुसार बीमा योजना छान्न र सोही अनुरुपको अवधि निर्धारण गरी बीमागर्न सक्ने लचकता दिएको छ । तपाईंले बच्चाको उमेरको आधारमा १० देखि २५ वर्षसम्मको कुनै पनि योजना रोज्न सक्नु हुन्छ ।
परिपक्व भएपछिः बच्चा जीवित भएमा बीमालेख परिपक्व भएपछि बीमालेखमा उल्लेखित बीमांकमा बोनस रकम जोडी भुक्तानी गरिनेछ । यसरी प्राप्त रकम बालबच्चाको उच्च शिक्षा अध्ययनको लागि खर्च गर्न सकिन्छ । यदि तपाईंको छोराछोरीले शिक्षा हासिल गरिसकेका छन् भनें यो रकम उनीहरुले आफ्नो करियर शुरु गर्न वा उनीहरुकै कुनै शुभ कार्य जस्तैः विवाहको लागि पनि प्रयोग गर्न सकिन्छ।
कथंकदाचित संरक्षकको मृत्यु भएमाः
- बीमालेख बापत भविश्यमा तिर्न पर्ने सबै बीमाशुल्क माफि हुनेछ र बीमालेख यथावत रुपमा नै चालु रहनेछ । साथै,
- शिक्षाका लागि आय स्वरुप बीमांक रकमको एक प्रतिशत बराबरले हुन आउने रकम हरेक महिना बीमालेख परिपक्व नभएसम्म बच्चालाई प्रदान गरिनेछ ।
- परिपक्व भएपछि, बीमांक रकमका साथै बोनस रकम पनि भुक्तानी गरिनेछ।
परिपक्व हुनु अगावै बच्चाको मृत्यु भएमाः शिक्षा संरक्षण योजना अनुमोदनपत्र
बीमितको आयु २ वर्ष ६ महिना नपुग्दै बीमितको मृत्यु भएमा यस वर्गीकृत मृत्युलाभ अनुमोदन ÷ शिक्षा संरक्षण योजना अनुमोदनपत्र अन्तर्गत भुक्तानी गरिने रकम तल दिईएको अनुसूचि बमोजिम हुनेछ ।
मृत्यु हुदाको उमेर | भुक्तानी हुने रकम |
६ महिना भन्दा कम भएमा | बीमाड्ढ रकमको २५ प्रतिशत |
सबभन्दा नजिकको जन्मदिनमा पुग्ने उमेर १ वर्ष भएमा | बीमाड्ढ रकमको ५० प्रतिशत |
सबभन्दा नजिकको जन्मदिनमा पुग्ने उमेर २ वर्ष भएमा | बीमाड्ढ रकमको ७५ प्रतिशत |
सबभन्दा नजिकको जन्मदिनमा पुग्ने उमेर ३ वर्ष भएमा | बीमाड्ढ रकमको शत प्रतिशत |
मृत्युलाभ बीमाड्ढ रकमको २५ प्रतिशत भन्दा बढी हुने अवस्थामा बीमाड्ढको २५ प्रतिशत तल्काल भुक्तानी गरी बाँँकी हुन आउने, मृत्युहँुदा सम्मको आर्जित बोनस सहितको रकम बीमालेख परिपक्व वा समाप्ती (Maturity) भएपछि भुक्तानी गरिनेछ ।
संरक्षकको अपाङ्गतामा भुक्तानीः थोरै बीमाशुल्क थप गरेर तपाईंले अपाङ्गता संरक्षण पुरक करार जस्तो महत्वपूर्ण लाभ थप गर्न सक्नुहुनेछ। यो पुरक बीमालेख लिएको खण्डमा कारणवश तपाईं विरामी वा दुर्घटनाले गर्दा पूर्ण रुपमा र सदाका लागि अपाङ्ग हुनु भयो भनें भविष्यमा भुक्तानी गर्नु पर्ने सबै बीमाशुल्क माफि हुनेछ । बीमांक रकमको एक प्रतिशत बराबरले हुन आउने रकम हरेक महिना बीमालेख परिपक्व नभएसम्म बच्चालाई प्रदान गरिनेछ । बीमालेख परिपक्व भएपछि, बीमांक रकमका साथै बोनस रकम पनि भुक्तानी गरिनेछ ।