अवलोकन
योग्यताः
उमेर कम्तीमा ३१ दिन, बढीमा ६० वर्ष
बीमाड्ढ रकमः
न्यूनतम ने.रु.५०,०००,अधिकतम ने.रु.१ करोड ५० लाख
पोलिसी अवधिः
१२,१५,१८,२१ र २४ वर्ष
प्रिमियम भुक्तानी तरिकाः
वार्षिक, अर्ध–वार्षिक वा त्रैमासिक
यो योजना कसले खरीद गर्न सक्छ ? र कसरी ?
१. सामान्य आय स्रोत हुने जो कोहीले आफ्नै लागि यो योजना खरीद गर्न सक्नेछ ।
२. सामान्य आय स्रोत भएका बीमित व्यक्तिहरुले अरुका लागि यो योजना खरी द गर्न सक्नेछन् ।
३. आय स्रोत नभएका व्यक्तिका हकमा, आय स्रोत भएको दरखास्तवालाले सामान्यतया दरखास्तवालाले लिएको बीमाड्ढ रकम वरावर अथवा त्योभन्दा बढी नहुने गरी यो योजना खरिद गरिदिन सक्नेछ ।
प्रथम पटक पोलिसी जारी मितिः३०/०१/२००२
थप जानकारीका लागिः फोन ९७७ १ ५५५५१६६ मा हामीलाई सम्पर्क राख्न सक्नु हुनेछ वा ग्राहक सेवा विभागको ठेगाना हेर्नुहोला ।
पूरक करार लाभ
पूरक करार एक थप बीमा पोलिसी हो जुन सम्झौताको एक अङ्गको रुपमा रहनेछ । यसले कुनै दुर्घटना भैहालेमा कभर स्वरुप सम्झौताामा उल्लेख गरे अनुसारका अतिरिक्त लाभहरु प्रदान गर्नेछ । बीमा पोलिसीमा समावेश गर्न सकिने केही प्रबन्धहरुः
- दुर्घटनाले मृत्यु लाभ(एडिबि): यस अन्तर्गत दुर्घटनाको कारण बीमितको मृत्यु भएको अवस्थामा थप रकम सहित भुक्तानी गरिनेछ ।
- अपाङ्गता सँरक्षण प्रबन्ध(डिपिआर)ः यसले संरक्षक(शैक्षिक सँरक्षण योजना मातहत) रोग वा दुर्घटनाको कारण अपाङ्ग हुन पुगेमा सुरक्षा प्रदान गर्दछ । यदि संरक्षक सदाका लागि अपाङ्ग भएमाः
○ बाँकी सबै प्रिमियम माफि दिइनेछ र पोलिसी यथावत् रुपमा नै चालु रहनेछ ।
○ बीमाड्ढ रकमको एक प्रतिशत बराबरले हुन आउने रकम हरेक महिना पोलिसी परिपक्वता नभएसम्म सन्ततिलाई प्रदान गरिनेछ र परिपक्वता भएपछि, सन्ततिलाई पोलिसीको समर्पण रकमका साथै बोनस रकम पनि चुक्ता गरिनेछ ।
- व्यत्तिगत दुर्घटना सुरक्षा (पिए)ः व्यत्तिगत दुर्घटना सुरक्षाले बीमितको जीवनलाई दुर्घटना भैहालेमा व्यापक रुपमा सुरक्षाको सुनिश्चत्ता प्रदान गर्दछ । दुर्घटना बीमा रक्षावरण अन्तर्गत निम्न विषय पर्दछन्ः
○ दुर्घटनाले हुने मृत्यु (एडि)– कथंकदाचित दुर्घटनाको कारण बीमितको मृत्यु भैहालेमा एकमुष्ठ रकम लाभग्राहीलाई प्रदान गरिनेछ ।
○ सदाका लागि पूर्ण अपाङ्ग (पिटिडि)–दुर्घटनाको कारण सदाका लागि पूर्ण अपाङ्ग हुन गएमा बीमितलाई एकमुष्ठ रकम प्रदान गरिनेछ ।
सदाका लागि आँशिक अपाङ्ग (पिपिडि)–कथंकदाचित दुर्घटनाको कारण हेर्ने वा सुन्ने वा बोल्ने शक्ति गुमेमा समर्पण रकमको प्रतिशतका दरले हुन आउने रकम बीमितलाई चुक्ता गरिनेछ ।