ग. पूर्ण र स्थायी अशक्तता (पिटिडि)
यदि, दुर्घटनाबाट भएको चोटपटकको कारणले बीमित व्यक्तिको दुर्घटना भएको दिनदेखि १८३ दिनको अवधिभित्र पूर्ण र स्थायी अशक्तता भएमा र त्यस्तो अशक्तता बाह्र (१२) महिनासम्म लगातार जारी रहेमा लाभ रकम त्यस्तो बीमित सदस्यलाई एक मुष्ठ उपलब्ध गराइनेछ ।
घ. दुर्घटना औषधोपचार खर्च साधभर्ना (एएमआर)
यदि, दुर्घटनाबाट भएको घाउचोटको कारण बीमित सदश्यलाई दुर्घटना भएको मितिले (तीस) ३० दिनभित्र चिकित्सकद्वारा उपचार गर्नु परेमा, अस्पतालको सुविधाहरु प्रयोग गरेमा, वा अस्पतालमा रहँदा इजाजत प्राप्त नर्सलाई काममा राख्नु परेमा, दुर्घटना भएको मितिले एक वर्ष भित्र भएको यथोचित, चलनचल्ती अनुसारको र आवश्यक उपचार खर्चहरु मध्ये कटौतीयोग्य (रु.५००÷) भन्दा माथि बीमालेखमा उल्लिखित सीमासम्मको औषधोपचार खर्च साधभर्ना दिइनेछ ।
ङ. अस्पताल भर्ना हुँदा साप्ताहिक आम्दानी– दुर्घटना (आइएच–ए)
यदि, पूर्व–विद्यमान अवस्थाहरु बाहेक दुर्घटनाबाट भएको चोटपटकको कारण बीमित सदस्यले डक्टरको निरन्तर निगरानीमा रहेर कम्तीमा २४ घण्टा अस्पतालमा अनिवार्य भर्ना भई उपचार गराउनु परेमा बीमालेखमा उल्लिखित भएको साप्ताहिक लाभ बीमित व्यक्तिलाई भर्ना भएदेखि हरेक हप्ता गर्दै बाउन्न (५२) हप्तासम्म भुक्तानी दिइनेछ । यदि बीमित व्यक्ति पुरै हप्ता भर्ना नभएमा, सातभागको एक भाग(१÷७) का दरले हरेक दिनको गणना गरेर सप्ताहिक लाभ भुक्तानी दिइनेछ ।
च. दुर्घटना वा रोगको कारण अस्पताल भर्ना साप्ताहिक आय –(आइएच–एअ÷एस)
यदि, पहिले–विद्यमान अवस्थाहरु बाहेक दुर्घटनाबाट भएको चोटपटक वा विरामीको कारण बीमित सदस्यले डक्टरको निरन्तर निगरानीमा रहेर कम्तीमा २४ घण्टा अस्पतालमा अनिवार्य भर्ना भई उपचार गराउनु परेमा बीमालेखमा उल्लिखित भएको साप्ताहिक लाभ बीमित व्यक्तिलाई भर्ना भएदेखि एक दिनको अवधि लुप्त अवधि पश्चात तुरुन्तै लागु हुनेगरी हरेक हप्ता गर्दै बाउन्न (५२) हप्तासम्म भुक्तानी दिइनेछ । यदि बीमित सदस्य एक हप्ताको पुरै अस्पतालभर्ना नभएमा, लुप्त अवधि पश्चात तुरुन्तै लागु हुनेगरी भर्ना भएको हरेक दिनको लागि सातभागको एक भाग(१÷७) का दरले हरेक दिनको गणना गरेर सप्ताहिक लाभ भुक्तानी दिइनेछ । बीमालेखमा उल्लेख भए अनुसार प्रतिक्षा अवधि ३१ दिनको हुनेछ र चोटपटक वा टन्सिल, हर्नीया अथवा महिलाको प्रजनन अङ्गहरुसम्बद्ध रोगको हकमा प्रतिक्षा अवधि १२० दिनको हुनेछ ।
गु्रप घातक रोग उपचार
घातक रोग उपचार अन्तर्गत बीमित सदस्यलाई पूर्वविद्यमान अवस्था वाहेक देहायका रोगहरुबाट ग्रसित भएको प्रमाणित भएमा उक्त बीमित सदस्यलाई एक मुष्ठ रकम भुक्तानी दिइनेछ। यस्ता रोगहरु पोलिसीमा सूचीकृत एवं परिभाािषत भएको हुनु पर्नेछ र ६० दिनको प्रतिक्षा अवधिपछि तत्कालै लागू हुन शुरु हुनेछ । बीमित सदस्यहरुलाई तल लेखिएका तीन (३) वटा योजनाहरुमध्ये कुनै एकले रक्षावरण गर्नेछ ।
योजना १ः अतिशय क्यान्सरहरु मात्र ।
योजना २ः अतिशय क्यान्सरहरु, स्ट्रोक, पहिलो ह्रृदयघात, गम्भीर कोरोनरी आर्टरी रोग, मुटुको भल्भको शल्यक्रिया, प्राथमिक पल्मनरी हाइपरटेन्सन ।
योजना ३ः अतिशय क्यान्सरहरु, स्ट्रोक, पहिलो ह्रृदयघात, गम्भीर कोरोनरी आर्टरी रोग, मुटुको भल्भको शल्यक्रिया, प्राथमिक पल्मनरी हाइपरटेन्सन, अन्तिम अवस्थाको फोक्सो सम्बन्धी रोग, अन्तिम अवस्थाको कलेजो फेलर, फलमिनेन्ट हेपाटाइटिस, मृगौला फेलर, कोमा, एप्लाटिस्क एनिमिया, प्रमुख अ·÷ बोनम्यारो प्रत्यारोपण।