Skip Navigation
बन्द गर्नुहोस्

नोट

चयन गरिएको पृष्ठको लागि अनुवाद हाल उपलब्ध छैन।

ग्रामीण कर्जा लघु आवधिक बीमा

ऋणीको स्वास्थ्यको मात्र हेरचाह नगरी यस लघु बीमा योजनाले परिवारलाई थप आर्थिक सहायताका साथ ग्रामीण समुदायहरुलाई सहयोग पु¥याउँछ ।

लघु बीमाको बारेमा

मेटलाइफले नेपालमा पहिलो पटक सन् २००९ मा लघु बीमाको अवधारणा शुरु गरेको थियो । आज, हाम्रो ग्रामीण कर्जा बीमाले देशको ७७ वटै जिल्लाका सहकारीहरु र लघु वित्त संस्थाहरुका ६ लाखभन्दा धेरै ऋणीहरुलाई संरक्षण प्रदान गरेको छ । ऋणीहरुले आफूलाई कथंकदाचित केही घटना भैहालेमा आफूले लिएको ऋण पुनःभुक्तानीका सम्बन्धमा चिन्ता लिइ रहनु पर्ने छैन । मेटलाइफले बाँकी  ऋण रकम चुक्ता गरिदिनेछ र तिन्का परिवारलाई थप आर्थिक सहयोग पनि उपलब्ध गराउनेछ ।

यसले लघु वित्त संस्थाको ऋणीको जीवन बीमा गर्दछ । यसले कर्जा रकम चुक्ता हुनु अगावै ऋणीको निधन भएमा लघु वित्त संस्थाबाट लिएको कर्जा रकम चुक्ता गरिदिन्छ ।

ग्रामीण कर्जा लघु आवधिक बीमा

यो एक ग्रुप बीमा योजना हो, जुन आर्थिक रुपमा विपन्न वर्गलाई कर्जा प्रवाह गरिरहेका वित्तिय संस्थाहरु मर्फत् वितरण गर्न सकिन्छ । यो आवधिक बीमा योजनाले जीवन गुमेको, दुर्घटनाको कारण पूणर््ा रुपमा सदाको लागि अपा· भएको,लाई कभर गर्दछ । योजनाले अन्तिम संस्कारको निश्चित् खर्च पनि व्यहोर्छ ।

यसले कर्जा रकम चुक्ता हुनु अगावै बीमित ऋणी निधन वा सदाका लागि पूर्णतया अपा·ता भएमा वित्तिय संस्थाबाट लिएको सम्पूर्ण कर्जा रकम चुक्ता गरिदिनुका साथै अन्तिम संस्कार खर्च पनि प्रदान गर्दछ। बक्यौता कर्जा रकम चुक्ता गरिदिनुका अलावा बाँकी बीमांक रकम यदि कुनै छ भनें त्यो परिवारलाई थप वित्तिय सहायताको रुपमा उपलब्ध गराएको हुनेछ ।

विशेषताहरु

न्यूनतम

अधिकतम

जारी उमेर (नजिकको जन्मदिन)

१८ 

७०

लाभहरुः

 

क. निधन,

ख. दुर्घटनावाट मृत्यु, तथा दुर्घटनावाट सदाको लागि पूर्ण अपा·ता

ग. मृत्यु संस्कार खर्च

न्यूनतम कभरेज रकम ने.रु.

क. निधन

ख. दुर्घटनाजन्य मृत्यु,  तथा दुर्घटनाजन्य स् सदाको लागि पूर्ण अपा·ता,

ग. मृत्यु संस्कार खर्च

 

क.५,०००

ख. ५,०००

ग. ५०० 

 

क. ३००,०००, मृत्यु लाभसहित समावेश

ख. ३००,०००

ग. निधन (क) को ४०%  सम्म

प्रिमियम दर

प्रिमियम दरहरु सेन्ससले उपलब्ध गराएको आधारमा प्रदान गरिनेछ ।