Skip Navigation
बन्द गर्नुहोस्

नोट

चयन गरिएको पृष्ठको लागि अनुवाद हाल उपलब्ध छैन।

लाइफ सिल्ड

दुर्घटना भएको अवस्थाको लागि तपाई र तपाईंको परिवारको निम्ति लाभहरुको संयोजनबाट तपाईंलाई उचित लागेको कुनैलाई रोज्नुहोस्

लाइफ सिल्डले सुरक्षणका विविध प्याकेजहरु उपलब्ध गराउँछ, जसले गर्दा तपाईंले आफ्नो आवश्यकता अनुरुप उचित लागेको कुनै रोज्न सक्नु हुन्छ ।

हाम्रो दुर्घटना र स्वास्थ्य बीमा योजना “लाइफ सिल्ड“ अन्तर्गत धेरै विकल्पहरु छन्, तपाईले देहाय बमोजिम लाभका संयोजनहरुबाट तपाईं र तपाईंको परिवारको लागि उचित लागेको कुनैलाई रोज्न सक्नु हुन्छ ।

स्वाभाविक मृत्यु वापत एकमुष्ठ लाभ, दुर्घटनाबाट मृत्यु, अङ्गभङ्ग भएको र सधैंलाई पूर्ण अपाङ्गता भएमा एकमुष्ठ भुक्तानी, दुर्घटना उपचार खर्चको सोधभर्ना, अस्पताल भर्ना– दुर्घटना, दुर्घटनाको साप्ताहिक हर्जाना ।

स्वाभाविक मृत्य हुँदा दिइने लाभ र दुर्घटनाबाट मृत्यु भएमा, अङ्गभङ्ग भएमा र सधैंलाई पूर्ण अपाङ्गता भएमा दिइने मासिक लाभ ।

स्वाभाविक मृत्यु, दुर्घटनाबाट मृत्यु, अङ्गभङ्ग भएको र सधैंलाई पूर्ण  अपाङ्गता भएमा एकमुष्ठ भुक्तानी र मासिक भुक्तानी, दुर्घटना उपचार खर्चको सोधभर्ना, अस्पताल भर्ना– दुर्घटना, दुर्घटना वापतको साप्ताहिक हर्जाना ।

स्वाभाविक मृत्यु, दुर्घटनाबाट मृत्यु, अङ्गभङ्ग भएको र सधैंलाई पूर्ण  अपाङ्गता भएमा एकमुष्ठ  भुक्तानी, दुर्घटना उपचार खर्चको सोधभर्ना, दुर्घटना र विरामी  हुँदा अस्पताल भर्ना आम्दानी, दुर्घटना र विरामी  हुँदा अस्पतालको शल्यक्रिया खर्च ।

यो पोलिसी १८–५९ वर्ष उमेर समुहले लिन सक्नेछन् । हाम्रो कभरेज २४ सै घण्टा, ३६५ दिन नै र विश्वभर जहाँपनि रहन्छ ।

लाभ र सोधभर्ना

स्वाभाविक मृत्यु(एनडि):
यस लाभले मृत्यु भएको अवस्थामा तपाईंको परिवारलाई आधारभूत आम्दानीको सुरक्षण सुनिश्चित् गर्दछ ।

दुर्घटनाबाट मृत्यु, अङ्गभङ्ग भएको र सधैंलाई पूर्ण  अपाङ्गता भएको (एडि, डि र पिटिडि)– एकमुष्ठ
मृत्यु र अपाङ्गताको एक प्रमुख कारण दुर्घटना हो । सिकिस्त अपाङ्गता हुनाले परिवार आर्थिक रुपमा अझ बढी दवाबमा पर्ने गर्दछन् । यस लाभले तपाईको परिवारलाई यसप्रकारको सिकिस्त र सम्भाव्य विध्वंशक जोखिमको विरुद्धमा एकमुष्ठ नगद भुक्तानी दिएर सुरक्षाको प्रत्याभूति दिलाउँछ ।

दुर्घटना उपचार खर्चको सोधभर्ना (एएमआर):
दुर्घटनाहरु  हुन्छन् र पटक पटक हुन्छन् । भाग्यवश, धेरैजसो सामान्य हुन्छ र क्लिनिकमै उपचार गर्न सकिन्छ । यस लाभले धेरैजसो सामान्य चोट लाग्दा पनि सुरक्षा प्रदान गर्छ । हामी तपाईंको उपचार खर्चको बिलको भुक्तानी  दिनेछौं, यसको लागि तपाईंले कुनैपनि स्वास्थ्य केन्द्रमा उपचार गराउनु जरुरी  हुन्छ ।

दुर्घटना र विरामी  हुँदा– अस्पताल आम्दानी  प्याकेज बढीमा ५२ हप्तासम्म (आइएच–ए एण्ड एस):
तपाईको सबैभन्दा ठूलो चिन्ताको विषय यदि विरामी भएर तपाईं अस्पताल भर्ना हुनु भयो भनें तपाईंको बालबच्चा, पाल्तु पशुपंक्षी, अथवा अझ घर नै, ती सबैको हेरविचार कसले गर्छ भन्ने हुन्छ । यस लाभले तपाईं अस्पतालमा बस्दा तपाईंले जेलाई महत्व ठान्नु हुन्छ त्यसलाई समेट्न थप आर्थिक सुरक्षण उपलब्ध गराउँछ यसले गर्दा तपाईंले आफ्नो स्वास्थ्यलाभ गर्नमा ध्यान केन्द्रित गर्न सक्नु हुनेछ । यसलाई तपाईंले बालबच्चाको स्याहार, भ्रमण खर्च, व्यक्तिगत कोठा अथवा आवश्यकता अनुसार घरमै पनि उपयोग गर्न सक्नु हुन्छ ।

दुर्घटना साप्ताहिक आम्दानी (एडब्लुआइ):
अन्य चोटहरु लाग्दा तपाईंलाई काम गर्नबाट बञ्चित गराउन सक्छ । हामी यसलाई बुझ्दछौं र यो घाटाको बदलामा तपाईंले केही समयको अपाङ्गता व्यहोर्नु भएसममका लागि क्षतिपूर्ति स्वरुप नगद उपलब्ध गराउनेछौं ।

दुर्घटनाबाट मृत्यु, अङ्गभङ्ग भएको र सधैंलाई पूर्ण  अपाङ्गता भएको (एडि, डि र पिटिडि)–जीवनभरको आम्दानी
मृत्यु र सिकिस्त अपाङ्गता हुनाले परिवार आर्थिक रुपमा अझ बढी दवाबमा पर्ने गर्दछन् । यस लाभले गुमेको आम्दानीलाई जीवनभरका लागि प्रत्येक महिना आय जुटाएर भर्पाइ गरिदिन्छ, यस्तो आम्दानी न्यूनतम ग्यारेन्टीका साथ २० वर्षसम्म प्रदान गरिन्छ ।

दुर्घटना र विरामी  हुँदा– अस्पताल शल्यक्रिया खर्च (ए एण्ड एस इन्– अस्पताल शल्यक्रिया खर्च ):
केही  चोटहरु र रोग उपचारको लागि अस्पतालमा शल्यक्रिया विधि आवश्यक पर्दछ । यस लाभले शल्यक्रिया प्रक्रिया बमोजिम शल्यक्रिया उपचारको लागि लाग्ने खर्चको नगदमा भुक्तानी गरिदिन्छ ।