Skip Navigation
बन्द गर्नुहोस्

नोट

चयन गरिएको पृष्ठको लागि अनुवाद हाल उपलब्ध छैन।

लाइफ केयर

स्वास्थ्य सम्बन्धि चौविस (२४) वटा घातक रोगहरु र अस्पतालका उपचार खर्चहरुको वापत विस्तृत आर्थिक सुरक्षा प्रदान गर्ने आवधिक बीमा योजना ।

खतरनाक रोगबाट पिडित हुने मानिसहरुको संख्या दिनानुदिन बढिरहेको विभिन्न अध्ययनहरुले देखाएको छ । यी रोगहरु संवेदनशील हुनाको साथसाथै परिवारजनको लागि आर्थिक रुपमा बोझ पनि बन्ने गरेको छ । अकल्पनीय अवस्था वा मृत्यु वा सूचीकृत रोग लागेको निदान र सो रोगवाट ग्रसित भएको प्रमाणित भएमा, त्यसबाट उत्पन्न हुने आर्थिक भारवाट मुक्त गर्न लाइफ केयर बीमालेखको सिर्जना गरिएको छ ।  जीवन गुमेको र खतरनाक रोगको बीमाका लागि तयार गरिएको यो बीमालेखवाट तपाँई र तापाईंको परिवारको आवश्यक वित्तीय सुरक्षा हुन्छ, जसले तपाईंको परिवारलाई यसप्रकार सहयोग गर्छः

  • निदान भएको रोगको उपचार वापत् लागेको खर्चको भुक्तानी
  • पुनस्र्वास्थ्यलाभ सहायताको लागि भुक्तानी
  • कमाउने सामर्थमा कमी आएर गुमेको आम्दानी को परिपूर्ति
  • जीवनशैली  परिवर्तनका लागि वित्तीय सहयोग 
  • तपाईं काममा नफर्केसम्म तपाईंको धितो वा व्यक्तिगत कर्जाको किस्ता भुक्तानीमा सहयोग ।

अवलोकन

लाइफ केयर आवधिक बीमा योजना जीवनका विभिन्न मोडहरुवाट आउन सक्ने सम्भावित जोखिमहरुलाई व्यवस्थित गर्न लचिलो बीमालेख शर्तहरु, प्रतिष्पर्धी बीमा प्रिमियम र जनमानसमा धेरै हुन सक्ने सम्भावित घटनाहरुको आर्थिक सुरक्षण गर्न तयार गरिएको बीमा योजना हो ।

यदि तपाईंको उमेर १८ वर्षदेखि माथि र ६० वर्षभन्दा कम छ भनें तपाईंले आफूलाई उपयुक्त बीमा लाभ, अवधि र प्रिमियम भुक्तानी तरिका रोजी यो बीमा योजनामा सहभागी हुन सक्नुहुनेछ । 

  • उपलब्ध बीमा अवधिः १, ५, १०,१५ र २० वर्ष ।
  • प्रिमियम भुक्तानी तरिकाः त्रैमासिक, अर्ध–वार्षिक र वार्षिक 

लाइफ केयर आवधिक बीमामा तपाईंले देहायका प्याकेजहरु पाउनु हुनेछः

लाइफ केयर– माइ लाइफ

लाइफ केयर माइ लाइफले मृत्यु भएको अवस्थामा मात्र आर्थिक सुरक्षण प्रदान गर्दछ । यस प्याकेजले मृत्यु हुँदा न्यूनतम प्रिमियम दरमा उपयुक्त सुरक्षण प्रदान गर्दछः

  • न्यूनतम बीमा रकमः ने.रु.२००,०००
  • अधिकतम बीमा रकमः ने.रु.१५,०००,०००

सामान्यतया, लाइफ केयर– माइ लाइफ बीमालेखले युद्ध जोखिम, पूर्व विद्यमान स्वास्थ्य अवस्था र बीमा सुरु भएको मितिबाट २ वर्षभित्र आत्महत्या गरेमा त्यसलाई समेट्ने छैन ।

लाइफ केयर– ब्युटिफूल

लाइफ केयर– ब्युटिफूलले मृत्युका साथसाथै पत्ता लागेका ९ सूचीकृत स्त्रीजन्य खतरनाक रोगहरुका विरुद्धमा मुआब्जा उपलब्ध गराउँदछ । मृत्यु मुआब्जादेखि बाहेक खतरनाक रोगहरुलाई एक लाभ–स्त्रीजन्य सघन रोगहरुको प्याकेजको रुपमा समेटिएको छ ।

न्यूनतम मुआब्जा रकमः ने.रु.२००,०००

अधिकतम मुआब्जा रकमः ने.रु.५,०००,०००

  1. स्तन क्यान्सर
  2. पाठेघरको मुखको क्यान्सर
  3. गर्भाशयको क्यान्सर
  4. डिम्बबाहिनी नली ट्युबको क्यान्सर
  5. डिम्बाशय अथवा योनिमार्ग÷योनिको क्यान्सर
  6. सालनालको क्यान्सर
  7. फिमेल कारसिनोमा–इन–सितु
  8. लुपस नेफ्राइटिस(स्वत–संक्रामक रोग)का साथ Systemic Lupus Erythematosus (S.L.E)
  9. Skin Grafting due to skin cancer or burns
  10. Facial Reconstructive Surgery due to accident (face amount को ३५ प्रतिशत सम्म)

लाइफ केयर– ब्रेभ

लाइफ केयर– ब्रेभले देहायका १४ खतरनाक रोगहरुका अतिरिक्त मृत्यु लाभको बीमा  पनि उपलब्ध गराउँछ । 

  • न्यूनतम बीमा रकमः ने.रु.२००,०००
  • अधिकतम बीमा रकमः ने.रु.५,०००,०००
  1. मुख्य क्यान्सर
  2. स्ट्रोक
  3. पहिलो ह्रदयाघात
  4. गहन कोरोनरी मुटु रोग
  5. मुटु भल्भको शल्यक्रिया
  6. प्राइमरी पल्मोनरी हाइपरटेन्सन
  7. कलेजो सम्बन्धी रोगको अन्तिम अवस्था
  8. फोक्सो सम्बन्धी रोगको अन्तिम अवस्था
  9. फल्मिनेन्ट हेपाटाइटिस
  10. मृगौला फेल भएको
  11. कोमा
  12. एप्लाष्टिक रक्त अल्पता
  13. मुख्य अङ्ग÷बोन म्यारो प्रत्यारोपण
  14. अहानिकर ब्रेन ट्युमर

सामान्यतया, लाइफ केयर–ब्युटिफूल र लाइफ केयर– ब्रेभले युद्ध जोखिम, पूर्व विद्यमान  स्वास्थ्य अवस्था, आफै सिर्जित घटनाहरु र एचआइभि÷एड्सलाई समेटेको छैन । साथै समेटिएको घातक रोगको लाभको लागि बीमा प्रारम्भ मिति बीमालेख शुरु भएको मितिले ६० दिन हो । केही घातक रोगको खर्चहरु निश्चित् रकमको प्रतिशतका दरले सोधभर्ना गरिन्छ । समेटिएका प्रत्येक घातक रोगहरुको बीमा प्रारम्भ मिति र त्यस्ता रोगको निदान भएमा पाउने बीमाको कुल रकमको प्रतिशत बीमालेख अनुसूचि र लाभ योजनामा  उल्लेख गरिएको छ ।

दोस्रो निशुल्क चिकित्सा परामर्श लिन इच्छुक ग्राहकहरुले मेटलाइफ नेपालको कार्यालयमा सम्पर्क राख्न सक्नु हुन्छ । यो सेवा ग्राहक र तिन्का आश्रीतहरु(बालबच्चा, आमाबुवाहरु) ले लिन सक्नेछन् । दोस्रो परामर्श भारतका प्रख्यात अस्पतालहरुबाट लिन सकिन्छ । यद्यपि, यसरी उपलबध गराइएको दोस्रो परामर्शको जिम्मेवारी मेटलाइफ नेपालले बहन गर्ने छैन ।