Skip Navigation
बन्द गर्नुहोस्

नोट

चयन गरिएको पृष्ठको लागि अनुवाद हाल उपलब्ध छैन।

ग्रुप एफिनिटी

सदस्यहरुको संरक्षण

ग्रुप एफिनिटीको सफलता यसका सम्पूर्ण सद्यसयहरुको हितमा निर्भर रहन्छ । जीवनको बढ्दो अनिश्चयसँगैं तपाईंले आफ्नो मुल्यवान समुह सदस्यहरुलाई दुर्घटना वा विरामीको कारण हुन सक्ने कुनैपनि प्रतिकूल अवस्था र यसबाट थपिने आर्थिक बोझको दवाब विरुद्ध संरक्षण प्रदान गर्नु जरुरी भएको छ ।

यसैलाई आत्मसात गर्दै मेटलाइफले तपाईंको लागि एक नयाँ ग्रुप बीमा योजना– ग्रुप एफिनिटी संचालन गरेको छ । यस योजनाले हरेक दिन २४ सै घण्टा र हरेक वर्ष ३६५ दिन नै दुर्घटना र विरामीको कारण आर्थिक रुपमा परेको क्षतिविरुद्ध विश्वव्यापी संरक्षण प्रदान गर्दछ ।

ग्रुप एफिनिटी एक विशुद्ध संरक्षण र प्रत्येक वर्ष नवीकरणीय आवधिक बीमा  हो, जसमा ग्रुप लाइफ, ग्रुप व्यक्तिगत दुर्घटना र स्वास्थ्य (जिपिए) र ग्रुप सघन विरामी लाभहरु समाविष्ट छन् । यस बीमा अन्तर्गत निम्न प्रकृतिका रक्षावरणहरु रहेका छन्, जुन तपाईंले आफ्नो आत्मीय ग्रुपको आवश्यकता अनुसार छनौट गर्न सक्नु हुनेछ ।

ग्रुप लाइफ

क. जीवन गुमेमा (दुर्घटना वा रोगको कारणले निधन)
बीमित सदस्य विश्वको कुनैपनि स्थनमा रहेको अवथामा दुर्घटना वा रोगको कारणले मृत्यु हुन पुगेमा एकमुष्ठ लाभ रकम निजकोे लाभग्राहीलाई प्रदान गरिनेछ । तर यदि, युद्धको बेला र युद्धमा सक्रिय सहभागी भएर, र आत्त्महत्या गरेर मृत्यु भएको छ भनें त्यसको लाभ प्रदान गरिने छैन ।

ग्रुप व्यक्तिगत दुर्घटना र स्वास्थ्य

क. दुर्घटनाबाट मृत्यु (एडि)
यदि, दुर्घटनाबाट भएको चोटपटकको कारणले बीमित व्यक्तिको दुर्घटना भएको दिनदेखि १८३ दिनको अवधिभित्र मृत्यु हुन गएमा, बीमांक रकम बीमितको लाभग्राहीलाई प्रदान गरिनेछ ।

ख. अङ्गभङ्ग , दृष्टि, श्रवण, वाक् शक्तिको क्षति लाभ
यदि, दुर्घटनाबाट भएको चोटपटकको कारणले बीमित व्यक्तिको दुर्घटना भएको दिनदेखि १८३ दिनको अवधिभित्र देहायमध्ये कुनै एकको क्षतिमा बीमित सदस्यलाई लागु हुने बीमांक रकमको ताल उल्लेखित प्रतिशत अनुसारएक मुष्ठ रकम प्रदान गरिनेछ ।

अपा·ता  लागूूयोग्य प्रतिशत अपा·ता  लागूूयोग्य प्रतिशत अपा·ता  लागूूयोग्य प्रतिशत

दुवै हात वा दुवै खुट्टा गुमेमा
१००%
हात वा खुट्टा गुमेमा र एउटा आँखाले नदेख्ने भएमा
१००%

हात वा खुट्टा गुमेमा

 

५०%

दुवै आँखा नदेख्ने भएमा
१००% बोल्न नसक्ने भएमा १००%
एउटा आँखाले नदेख्ने भएमा
५०%

एउटा हात वा एउटा खुट्टा गुमेमा
१००%
दुवै कानले नसुन्ने भएमा
१००%
बुढी औंला र चोर औंला गुमेमा
२५%

ग. पूर्ण र स्थायी अशक्तता (पिटिडि)
यदि, दुर्घटनाबाट भएको चोटपटकको कारणले बीमित व्यक्तिको दुर्घटना भएको दिनदेखि १८३ दिनको अवधिभित्र पूर्ण र स्थायी अशक्तता भएमा र त्यस्तो अशक्तता बाह्र (१२) महिनासम्म लगातार जारी रहेमा लाभ रकम त्यस्तो बीमित सदस्यलाई एक मुष्ठ उपलब्ध गराइनेछ ।

घ. दुर्घटना औषधोपचार खर्च साधभर्ना (एएमआर)
यदि, दुर्घटनाबाट भएको घाउचोटको कारण बीमित सदश्यलाई दुर्घटना भएको मितिले (तीस) ३० दिनभित्र चिकित्सकद्वारा उपचार गर्नु परेमा, अस्पतालको सुविधाहरु प्रयोग गरेमा, वा अस्पतालमा रहँदा इजाजत प्राप्त नर्सलाई काममा राख्नु परेमा, दुर्घटना भएको मितिले एक वर्ष भित्र भएको यथोचित, चलनचल्ती अनुसारको र आवश्यक उपचार खर्चहरु मध्ये कटौतीयोग्य (रु.५००÷) भन्दा माथि बीमालेखमा उल्लिखित सीमासम्मको औषधोपचार खर्च साधभर्ना दिइनेछ । 

ङ. अस्पताल भर्ना हुँदा साप्ताहिक आम्दानी– दुर्घटना (आइएच–ए)
यदि, पूर्व–विद्यमान अवस्थाहरु बाहेक दुर्घटनाबाट भएको चोटपटकको कारण  बीमित सदस्यले डक्टरको निरन्तर निगरानीमा रहेर कम्तीमा २४ घण्टा अस्पतालमा अनिवार्य भर्ना भई उपचार गराउनु परेमा बीमालेखमा उल्लिखित भएको साप्ताहिक लाभ बीमित व्यक्तिलाई भर्ना भएदेखि हरेक हप्ता गर्दै बाउन्न (५२) हप्तासम्म भुक्तानी दिइनेछ । यदि बीमित व्यक्ति पुरै हप्ता भर्ना नभएमा, सातभागको एक भाग(१÷७) का दरले हरेक दिनको गणना गरेर सप्ताहिक लाभ भुक्तानी दिइनेछ ।

च. दुर्घटना वा रोगको कारण अस्पताल भर्ना साप्ताहिक आय –(आइएच–एअ÷एस)
यदि, पहिले–विद्यमान अवस्थाहरु बाहेक दुर्घटनाबाट भएको चोटपटक वा विरामीको कारण बीमित सदस्यले डक्टरको निरन्तर निगरानीमा रहेर कम्तीमा २४ घण्टा अस्पतालमा अनिवार्य भर्ना भई उपचार गराउनु परेमा बीमालेखमा उल्लिखित भएको साप्ताहिक लाभ बीमित व्यक्तिलाई भर्ना भएदेखि एक दिनको अवधि लुप्त अवधि पश्चात तुरुन्तै लागु हुनेगरी हरेक हप्ता गर्दै बाउन्न (५२) हप्तासम्म भुक्तानी दिइनेछ । यदि बीमित सदस्य एक हप्ताको पुरै  अस्पतालभर्ना नभएमा, लुप्त अवधि पश्चात तुरुन्तै लागु हुनेगरी भर्ना भएको हरेक दिनको लागि सातभागको एक भाग(१÷७) का दरले हरेक दिनको गणना गरेर सप्ताहिक लाभ भुक्तानी दिइनेछ । बीमालेखमा उल्लेख भए अनुसार प्रतिक्षा अवधि ३१ दिनको हुनेछ र चोटपटक वा टन्सिल, हर्नीया अथवा महिलाको प्रजनन अङ्गहरुसम्बद्ध रोगको हकमा प्रतिक्षा अवधि १२० दिनको हुनेछ ।

गु्रप घातक रोग उपचार

घातक रोग उपचार अन्तर्गत बीमित सदस्यलाई पूर्वविद्यमान अवस्था वाहेक देहायका रोगहरुबाट ग्रसित भएको प्रमाणित भएमा उक्त बीमित सदस्यलाई एक मुष्ठ रकम भुक्तानी दिइनेछ। यस्ता रोगहरु पोलिसीमा सूचीकृत एवं परिभाािषत भएको हुनु पर्नेछ र ६० दिनको प्रतिक्षा अवधिपछि तत्कालै लागू हुन शुरु हुनेछ । बीमित सदस्यहरुलाई तल लेखिएका तीन (३) वटा योजनाहरुमध्ये कुनै एकले रक्षावरण गर्नेछ ।

योजना १ः अतिशय क्यान्सरहरु मात्र ।

योजना २ः अतिशय क्यान्सरहरु, स्ट्रोक, पहिलो ह्रृदयघात, गम्भीर कोरोनरी आर्टरी रोग, मुटुको भल्भको शल्यक्रिया, प्राथमिक पल्मनरी हाइपरटेन्सन ।

योजना ३ः अतिशय क्यान्सरहरु, स्ट्रोक, पहिलो ह्रृदयघात, गम्भीर कोरोनरी आर्टरी रोग, मुटुको भल्भको शल्यक्रिया, प्राथमिक पल्मनरी हाइपरटेन्सन, अन्तिम अवस्थाको फोक्सो सम्बन्धी रोग, अन्तिम अवस्थाको कलेजो फेलर, फलमिनेन्ट हेपाटाइटिस, मृगौला फेलर, कोमा, एप्लाटिस्क एनिमिया, प्रमुख अ·÷ बोनम्यारो प्रत्यारोपण।