ग. पूर्णतया र सदाको लागि अपाङ्ग (पिटिडि) भएमा
यदि, दुर्घटनाबाट भएको चोटपटकको कारणले बीमित कर्मचारी पूर्णरुपमा अपा· भएमा र त्यस्तो अपा·ता बाह्र (१२) महिनासम्म लगातार जारी रहेमा र बीमित कर्मचारी जीवनभर फाइदाजन्य पेशा वा रोजगार गर्नदेखि असमर्थ रहेमा लाभ रकम त्यस्तो बीमित कर्मचारीलाई एक मुष्ठ उपलब्ध गराइनेछ ।
घ. दुर्घटनाको मेडिकल खर्चको भर्पाई (एएमआर)
यदि, दुर्घटनाबाट भएको चोटपटकको कारण बीमित कर्मचारीलाई डक्टरद्वारा उपचार गर्नु परेमा, अस्पतालको सुविधाहरु प्रयोग गरेमा, वा अस्पतालमा रहँदा लाइसेन्स प्राप्त वा स्नातक नर्सलाई काममा राख्नु परेमा, दुर्घटना भएको मितिले बाउन्न (५२) हप्ता भित्रमा गरिएको व्यवहारिक, यथोचित र आवश्यक मेडिकल खर्चहरुमा त्यसप्रकारको डक्टरको परीक्षण शुल्क, अस्पतालको शुल्कहरु र नर्सको फिहरु, जुन कटौतीयोग्य (यदि कुनै छ भनें) भन्दा वढी भएको रकम बीमालेखमा उल्लिखित सीमासम्मको बीमांक रकम भुक्तानी दिइनेछ ।
ङ. दुर्घटनाले साप्ताहिक अपा·ता क्षतिपूर्ति (एडब्लुआइ)
यदि, दुर्घटनाको चोटपटकको परिणाम स्वरुप, बीमित कर्मचारी पूर्णरुपमा अपा· भएको छ र त्यस्तो अवस्था लुप्त अवधि अर्थात् १ हप्ता (७ दिन) को भन्दा वढी समयका लागि लगातार रहन्छ भनें साप्ताहिक दुर्घटना अपा·ता क्षतिपूर्ति त्यस्तो बीमित कर्मचारीको हकमा लागू हुनेछ र यस्तो क्षतिपूर्ति यसरी लुप्त अवधि समाप्त भए पश्चात पहिलो दिनसँगैं पूर्णतया अपा·ताको निरन्तर अवधिसम्मका लागि क्रमबद्ध रुपमा भुक्तानी शुरु गरिनेछ, तर यस्तो भुक्तानी अधिकतम बाउन्न (५२) हप्ताभन्दा बढी हुने छैन ।
च. अस्पताल भर्नाको साप्ताहिक आम्दानी– दुर्घटना र विरामी (आइएच–ए एण्ड एस)
जब, दुर्घटनाबाट भएको चोटपटक वा विरामीको कारण बीमित कर्मचारीले डक्टरको निरन्तर निगरानीमा रहेर कम्तीमा २४ घण्टा अस्पतालमा भर्ना भई उपचार गराउनु परेमा बीमालेखमा उल्लिखित भएको साप्ताहिक लाभ भुक्तानी गरिनेछ, यस्तो लाभ भर्ना भएदेखि हरेक हप्ता गर्दै बाउन्न (५२) हप्तासम्मको लागि, बीमालेखमा उल्लेखित लुप्त अवधि (यदि कुनै छ भने) पश्चात तत्काल लागू गरिनेछ ।
मेटलाइफ ग्रुप बीमा पोलिसीहरु केही अपवादहरु, हेरफेरयोग्य, सीमाहरु र शर्तहरुको अधिनमा छन् । अन्य जानकारी चाहिएमा मेटलाइफ प्रतिनिधिसँग सम्पर्क राख्नुहोस् अथवा हामीलाई कल गर्नुहोस् ।
ग्रुप घातक रोग
घातक रोग अन्तर्गत जब बीमित कर्मचारी पोलिसीमा परिभाषित एवं सूचीकृत भएका घातक रोगबाट ग्रसित भएको निदान हुनेछ उक्त बीमित सदस्यलाई एक मुष्ठ रकम भुक्तानी दिइनेछ । बीमित कर्मचारीहरु र तिनका आश्रीतहरु तल लेखिएका तीन (३) वटा योजनाहरुमध्ये कुनै एकले कभर गर्न सक्नेछ ।
योजना १ः अतिशय क्यान्सरहरु मात्रः अथवा
योजना २ः अतिशय क्यान्सरहरु, स्ट्रोक, पहिलो ह्रृदयघात, गम्भीर कोरोनरी आर्टरी रोग, मुटुको भल्भको शल्यक्रिया, प्राथमिक पल्मनरी हाइपरटेन्सन ।
योजना ३ः अतिशय क्यान्सरहरु, स्ट्रोक, पहिलो ह्रृदयघात, गम्भीर कोरोनरी आर्टरी रोग, मुटुको भल्भको शल्यक्रिया, प्राथमिक पल्मनरी हाइपरटेन्सन, अन्तिम अवस्थाको फोक्सो सम्बन्धी रोग, अन्तिम अवस्थाको कलेजो फेलर, फ्लमिनेन्ट हेपाटाइटिस, मृगौला फेलर, कोमा, एप्लाटिस्क एनिमिया, प्रमुख अ·÷ बोनम्यारो प्रत्यारोपण।
प्रथम पटक पोलिसी जारी मितिः ०२/०५/२००४