Skip Navigation
बन्द गर्नुहोस्

नोट

चयन गरिएको पृष्ठको लागि अनुवाद हाल उपलब्ध छैन।

मेटलाइफ फाउण्डेसन

सन् १९७६ मा स्थापना भएदेखि मेटलाइफ फाउण्डेसनले अनुदानतर्फ ७८३ मिलियन डलरभन्दा बढी र कार्यक्रम सम्बद्ध लगानीहरुतर्फ ७० मिलियन डलर प्रदान गरिसकेको छ । यसले विभिन्न समुदायहरुका लागि सकारात्मक भिन्नता ल्याउन प्रयास गरेको छ ।

हामी को हौं र हामी ले के गरिरहेकाछौं ?

मेटलाइफको स्थापना साधारण, शक्तिशाली दूरदृष्टिका साथ भएको थियोः हरेकलाई उनीहरुको लक्ष्य प्राप्त गर्न सही वित्तिय औजारहरुसम्मको पहुँच हुनु जरुरी हुन्छ । यसको उद्देश्य र दूरदृष्टिलाई सहायता गर्न फाउण्डेसनले ५ वर्षमा न्यून आय भएका व्यक्तिहरु र परिवारहरुलाई सुरक्षित एवं सुलभ वित्तिय उत्पादनहरु र सेवाहरुसम्म पहुँच दिन सहयोग वापत् २०० मिलियन डलरको प्रतिबद्धता व्यक्त गरिसकेको छ ।

मेटलाइफ फाउण्डेसनसँग समुदायमा आधारित कार्यक्रमहरु

भुकम्प राहत कोषमा

मेटलाइफ फउण्डेसनले अप्रिल २०१५ मा अन्तर्राष्ट्रिय मेडिकल संस्थाको भुकम्प राहत कोषमा २५०,००० युएस डलर चन्दा प्रदान गरेको थियो ।

संयुक्त राष्ट्र संघीय पूँजी विकास कोष (युएनसिडिएफ)

फाउण्डेसनले संयुक्त राष्ट्र संघीय पूँजी विकास कोष (युएनसिडिएफ) सँगको साझेदारीमा आर्थिक रुपमा विपन्न नागरिकका लागि विश्वव्यापी  आर्थिक समावेशी कार्यक्रम अन्तर्गत गरिबका निम्ति मोबाइल मुद्रा (एमएम४पि) विस्तार गर्न २५०,००० युएस डलर उपलब्ध गराएको छ । यस कार्यक्रमको उद्देश्य नेपालका न्यून आउ भएका परिवारहरुलाई सहयोग गर्न अधिक समावेशी, प्रभावकारी  एवं अन्तरसम्पर्क डिजिटल वित्तिय क्षेत्रको विकास गर्नु रहेको छ । यसबारेमा यहाँयहाँबाट अझ बढी जान्नुहोस् । 

मेटलाइफ फाउण्डेसन र रुम टु रिडबीच साझेदारी।

साझेदार/अनुदानः रुम टु रिड एशिया र अफ्रिकामा बालिका शिक्षा र बालबालिकाहरुको साक्षरताका लागि कार्यरत एक गैर नाफामूलक संसथा हो । यस संस्थाले १० वटा राष्ट्रका ११ मिलियनभन्दा बढी बालबालिकाहरुलाई सहायता प्रदान गरिरहेको छ । संस्थाको बारेमा अझ धेरै जान्न यहाँ क्लिक गर्नुहोस्

साराँशः मेटलाइफ फाउण्डेसनले नेपाल, बंगलादेश र भियतनाममा रुम टु रिडले संचालन गरेको बालिका शिक्षा  कार्यक्रमलाई सहायता स्वरुप बितेको ३ वर्षमा  ४५०,००० डलर अनुदान सहायता उपलब्ध गराइसकेको छ । यसको लक्ष्य बालिकाहरुले विद्यालय शिक्षा पूरा गरेको र उनीहरुमा जिन्दगीको महत्वपूर्ण निर्णय गर्ने सीप विकास भएको दुवै सुनिश्चित् गर्नु हो । हाम्रो यस अनुदान सहायताबाट ६००  जना बालिकाहरु (प्रत्येक देशमा २०० का दर) ले सीप विकास सम्बन्धी तालिमबाट प्रशिक्षित हुनेछन् र विद्यालय शिक्षा पश्चात् सफलतापूर्वक आफ्नो प्रगतिको लागि आत्मविश्वास कायम गर्न वा बजारयोग्य सीपका साथ रोजगार बजारमा प्रवेश गर्न सक्षम बन्नेछन् ।

मेटलाइफ फाउण्डेसन मानवताको लागि आवाससँग

म्ेटलाइफ नेपालले मेटलाइफ फाउण्डेसनद्वारा अनुदान प्रदान गरिएको एक स्वयंसेवी कार्यक्रममा मानवताको लागि आवास, नेपालसँग मिलेर सहकार्य गरिरहेछ । मेटलाइफ फाउण्डेसनले नेपालका चुनिएका क्षेत्रहरुका कम भाग्यशाली व्यक्तिहरुका निम्ति आवास निर्माण हेतू मानवताको लागि आवास, नेपाललाई अनुदान राशि उपलब्ध गराउने गर्दछ । यो अभियानको एक अ·को रुपमा, मेटलाइफका प्रतिनिधिहरुले स्वयंसेवक बनेर आवास निर्माण कार्यहरुमा सहभागी हुने अवसर प्राप्त गरेका छन् ।

जम्मा १०३ जना स्वयंसेवकहरुले डिसेम्बर १४ देखि १६, २०१६ मा ३ दिनसम्म काभ्रेपलाञ्चोकमा आवास निर्माण कार्यमा सहभागीता जनाएका थिए ।यसमा मेटलाइफका कर्मचारीहरु र सदस्यहरु सहभागी भएर यस हितकारी अभियानको लागि आफ्नो सम्पूर्ण समय र लगाव खर्च गरेका थिए । स्वयंसेवकहरुले यस दौरानमा स्थानीयहरुसँग मिलेर ईंटा, माटो ओसार्ने तथा ढुङ्गा फोड्ने कार्यमा संलग्न रहेका थिए । यो सबै त्यस क्षेत्रका स्थानीय बासिन्दाहरुको घर निर्माण कार्यको एक भागको रुपमा गरिएको थियो ।मेटलाइफ फाउण्डेसनको बारेमा अझ बढी जान्न यहाँ क्लिक गर्नुहोस्