Skip Navigation
बन्द गर्नुहोस्

नोट

चयन गरिएको पृष्ठको लागि अनुवाद हाल उपलब्ध छैन।

शब्दहरुको शब्द संग्रह

वित्तिय बुँदाहरु सहज बनाउन तपाईंको लागि हामीले अँग्रेजीमा उल्लेख गरेका सबै बुँदाहरुको प्रष्ट व्याख्या गरेका छौं । हामीलाई आशा छ, यसले तपाईंलाई सहयोग पुग्नेछ ।

त्वरित् भुक्तानीहरु

परम्परागत पोलिसीहरुमा तपाईंले नियमित रुपमा प्रिमियम चुक्ता गर्नु हुन्छ र अन्त्यमा परिपक्व भएपछि तपाईंले लाभहरु प्राप्त गर्नु हुन्छ । यदाकदा, यदि बीमित व्यक्तिको निधन भएमा लाभग्राहीहरुले ती लाभहरु प्राप्त गर्दछन् । जब तपाईं त्वरित् भुक्तानीको विकल्पसहित कुनै योजनामा सहभागी हुनुहुन्छ, तत् पश्चात् केही परिस्थितिहरुमा लाभहरु सिधै बीमितलाई भुक्तान दिइनेछ, उदाहरणको लागि यदि बीमित अन्तिम अवस्थाको वा दीर्घ रोगी वा नर्सिङ होममा थला परेको छ । यस्तो समयमा त्वरित् लाभहरु एक मुष्ठ वा पटक पटक गरेर भुक्तानी दिइनेछ तर यस्तो भुक्तानी प्रक्रिया पोलिसीको प्रकारमा आधारित हुनेछ ।

दुर्घटनाजन्य मृत्यु लाभ

यो खास गरेर एक पूरक लाभ हो, जसले जीवन बीमा पोलिसी अन्तर्गत बीमितको मृत्यु हुँदा थप नगद रकम उपलब्ध गराउँछ । यस्तो थप रकम बीमितको मृत्यु दुर्घटनाको कारणले भएको अवस्थामा मात्र प्रदान गरिन्छ र यो पोलिसीको शर्तहरु तथा बन्देजहरुमा उल्लेख भए अनुसार हुनेछ ।

लाभग्राही

लाभग्राही भन्नाले पोलिसीमा उल्लेख गरिएका बन्देजहरु÷अवस्थाहरु अन्तर्गत रहेर लाभ हासिल गर्ने व्यक्ति भन्ने बुझाउँछ । पोलिसीको आवेदनमा लाभग्राही उल्लेख गरिन्छ ।

पूँजी वृद्धि लाभाँश

बीमा कम्पनीले पोलिसीको कुनै वार्षिकोत्सवको अवसर पारेर पूँजी वृद्धि लाभाँश घोषणा गर्न सक्दछ । यस्तो लाभाँश ती पोलिसीहरुमा मात्र लागू हुनेछ जुन मजबुत हुन्छन् र जसको सबै प्रिमियमहरु त्यस्तो वार्षिकोत्सवसम्ममा चुक्ता भैसकेका हुन्छन् ।

पूँजी वृद्धि लाभाँश पोलिसीको समर्पण रकममा थप गरेर प्रदान गर्न सकिन्छ, जुन अवस्थामा, लाभहरु पोलिसी परिपक्व भएपछि तपाईंको लागि वा बीमितको मृत्यु भएमा लाभग्राहीहरुको लागि वृद्धि हुनेछ ।

यदि पोलिसीमा उल्लेखित प्रावधान बमोजिम “नगद आत्मसमर्पण“ अन्तर्गत पोलिसी शुरु मितिले २० वर्षभित्रमा नगद आत्मसमर्पण गरिएको छ भनें यस्तो पूँजी वृद्धि लाभाँश लागू हुने छैन ।

नगद मूल्य

समग्र जीवन बीमा पोलिसीमा यो त्यो नगद रकम हो जुन पोलिसीधनीले बीमा कम्पनी समक्ष कभरेज रद्द गर्दा वा पोलिसी आत्मसमर्पण गर्दा उसले÷उनले प्राप्त गर्नेछ । नगद मूल्य बीमा कम्पनीद्वारा कुनै पनि मितिमा त्यस मितिको खाता मूल्य बराबर आत्मसमर्पण शुल्कहरु र प्रक्रिया शुल्कहरु कटाएर निर्धारण गरिन्छ ।

पोलिसी हकदारहरुले केही अवस्थाहरु र पोलिसीका शर्तहरुको अधिनमा पोलिसीको नगद मूल्य सट्टा सापटी लिन सक्छन् । यसलाई “नगद आत्मसमर्पण मूल्य“ पनि भनिन्छ ।

बचावः

शर्तहरु जुन बीमा पोलिसीद्वारा कभर गरिएका छैनन् र त्यसको लागि बीमा कम्पनीद्वारा कुनै बीमा लाभ भुक्तान गरिने छैन ।

समर्पण रकम

यो त्यो आधारभूत बमिा रकम हो जुन पोलिसी  विशिष्टता अनुसूचीमा उल्लेख गरिएको हुन्छ । बीमा कम्पनीले पोलिसी परिपक्व पश्चात् यो रकम यदि पोलिसीमा किटान गरिएको छ भनें बीमितलाई र बीमितको निधन भएमा लाभग्राहीहरुलाई उपलब्ध गराउने जिम्मेवारी बहन गर्दछ । 

यस्तो रकम सामान्यतया पोलिसीको पहिलो पृष्ठमा उल्लेख गरिएको हुन्छ । यसलाई “समर्पण मूल्य“ पनि भनिन्छ ।

यसमा दुर्घटनाजन्य मृत्यु वा अन्य विेशेष प्रावधानहरु अन्तर्गत, वा कोषहरुको सञ्चयमार्फत् आर्जित भुक्तान योग्य थप रकमहरु समाविष्ट गरिंदैनन् ।

ग्रेस अवधि

ग्रेस अवधि तब लागू हुन्छ जब कुनै पोलिसीको प्रिमियम तिर्न बाँकी  रहेको हुन्छ । यस्तो अवस्थामा, बीमा कम्पनीले उक्त बाँकी रहेको मितिको आत्मसमर्पण मूल्य अध्ययन गर्दछ । यदि यो आत्मसमर्पण मूल्य बाँकी रहेको प्रिमियम रकमको लागि अपुग देखिएमा पोलिसीधनीलाई बाँकी प्रिमियम भुक्तानी गर्न यस्तो ग्रेस अवधिको व्यवस्था गरिनेछ ।

यस अवधिको दौरानमा (प्रायःगरेर ३१ दिन) पोलिसी, सबै प्रबन्धहरु सहित यथावत रुपमा नै चालु रहन्छन् । यदि प्रिमियमको भुक्तानी  ग्रेस अवधि समाप्त हुनु अगावै गरेमा प्रिमियम रमयमै तिरे सरह मान्यता दिइनेछ ।

यदि बीमितको मृत्यु ग्रेस अवधिको दौरान भएमा लाभबाट अधिक प्रिमियमको रकम कट्टि गरिनेछ 

यदि ग्रेस अवधिको अन्त्यसम्ममा पनि प्रिमियम भुक्तानी नगरेमा पोलिसी अन्तर्गतका सबै कभरेजहरु रद्द गरिनेछन् र बिना कुनै मूल्य पोलिसी  अन्त्य हुनेछ ।

जुभेनाइल बीमा पोलिसी

एक वयस्क व्यक्तिले नाबालक सन्ततिको जीवन कभर गर्न खरीद गरेको बीमा पोलिसीलाई जुभेनाइल बीमा पोलिसी  भनिन्छ ।

खुद नगद मूल्य

यो एक जीवन बीमा पोलिसीका साथै अन्य थप दिइने भुक्तानहरुको नगद आत्मसमर्पण मूल्य बराबरको रकम हो, जसमा मौजुदा कुनै ऋण घटाइएको तथा आर्जित ब्याज र शुल्कहरु समाविष्ट  हुन्छन् ।

म्याद नगुज्रने ग्यारेन्टी

पोलिसीलाई यथावत रुपमै सुचारु राख्न बीमा कम्पनीद्वारा गरिने यो एउटा सम्झौता हो, जसमा नगद मूल्य शुन्य वा शुन्यभन्दा कम नै किन नहोस्, तपाईंलाई दिइएको समयसीमाभित्र तपाईंले योजनालाई दिनु भएको निर्दिष्ट न्यून योगदानको लागि उपलब्ध गराइन्छ ।यस्तो ग्यारेन्टीहरु प्रायः गरेर एक निश्चित् समय अवधिका लागि हुने गर्दछन्।

आँशिक निकासा

आँशिक निकासाले खाता मूल्यको एक अँश निकासा गर्ने कार्यलाई संकेत गर्दछ । आँशिक निकासाले फिर्ता लिइएको रकम र कुनै पनि सम्बन्धित शुल्कहरु खाताको मूल्यमा कटौती गरिदिनेछ ।आँशिक निकासाहरु कहिले गर्न सकिन्छ, सम्बद्ध शुल्कहरु, न्यूनतम र अधिकतम निकासा अनुमति आदिको विस्तृत जानकारी नीति पिच्छे भिन्न हुन्छ र यो पोलिसीको सम्झौता पत्रमा थाहा पाउन सकिन्छ ।

निवृत्तिभरण योजना

यो एक लगानीको किसिम हो, जसमा एक निश्चित् समयावधिभित्र नियमित योगदानहरु लगानी गरिन्छ, आर्जित आयको पुनःलगानीका साथ र निवृत्त भएपछि भत्ता वा नियमित भुक्तानीको अन्य विधिको रुपमा भुक्तान दिइन्छ । यस्तो निवृत्तिभरण योजना खासगरेर कम्पनीका योजनाको लागि लक्षित गरिएको हुन्छ, जहाँ रोजगारदाताले कामदारहरुका लागि पेन्सनको व्यवस्था गरेको हुन्छ, जसमा दुवै पक्षको समान योगदान रहन्छ ।

पोलिसीधनी

पोलिसीधनी भनेको पोलिसीको स्वामित्ववाला हो । यो त्यो व्यक्ति हो, जसले बीमा कम्पनीको प्रिमियम तिरिरहने अभिभारा ग्रहण गरेको हुन्छ । प्रायः गरेर, पोलिसीधनी नै बीमित व्यक्ति हुने गर्दछ ।

प्रिमियम फिर्ता

प्रिमियम फिर्ता केही  पोलिसीहरुको विशेषता हो, जसमा पोलिसीधनीले पोलिसीको अवधिभर चुक्ता गरेको प्रिमियम परिपक्वताको मितिमा आँशिक वा पूरै फिर्ता पाउनेछ, यदि कभर गरिएको जोखिम उपयोग गरिएको छैन भनें ।

प्रबन्ध

बीमा पोलिसीको एक अनुबन्ध बनेर सम्झौताको बुँदामा रहन्छ र त्यसले लाभहरु या त सीमित गर्दछ या बढाउँदछ, अन्यथा त्यसलाई पोलिसीका शर्तहरु मातहतमा भुक्तान गरिनेछ ।

परिवर्तनशील जीवन बीमा

एक जीवन बीमा पोलिसी, जहाँ पोलिसीधनीलाई विभिन्न लगानीका क्षेत्रहरु जुन म्यूचुअल फण्ड जस्तै संरचनाका हुन्छन्, त्यस्तो क्षेत्रमा आफ्नो प्रिमियम लगानी गर्ने अवसर प्रदान गरिन्छ । यी क्षेत्रहरुको चयन पोलिसीधनीको जोखिम प्रोफाइलमा आधारित भएर गर्न सकिनेछ । यस्ता लगानीहरु एउटा भिन्नै खाता अन्तर्गत रहनेछन् ।

यो बीमा संरक्षण र लगानीको संयुक्त रुप हो किनभनें यसले मृत्यु लाभ उपलब्ध गराउँदा एक बचत वाहनको रुपमा काम गर्दछ ।

यस्ता पोलिसीहरुमा नगद आत्मसमर्पण मूल्यको ग्यारेन्टी दिइएको हुँदैन किनभनें यो लगानी गरिएको क्षेत्रको बजार मूल्य सँगसँगै घटबढ भैरहेको हुन्छ ।

परिवर्तनशील सार्वत्रिक जीवन बीमा

एक त्यस्तो प्रकृतिको परिवर्तनशील जीवन बीमा, जसमा प्रिमियमहरु लचिलो हुन्छन् र लाभहरु लगानी गरिएका क्षेत्रहरुको मूल्यका आधारमा घटबढ हुने गर्दछन् ।

प्रतिक्षा अवघि

जब कुनै चोट वा वीमारीको घटना हुन्छ अनि जब बीमावालाबाट लाभ भुक्तानीहरु प्राप्त गर्दछ, त्यसबीचको समयावधि नै प्रतिक्षा अवधि हो । यसलाई “योग्यता अवधि वा खारेजी“ कोरुपमा पनि लिइन्छ ।

प्रिमियम माफि

यो त्यस्तो प्रावधान हो जसले बाँकी प्रिमियमहरु तिर्न नपर्ने गरी माफि गर्दछ, यस्तो प्रावधान बीमितको निधनमा या सदाका लागि अपा·ता हुँदाको अवस्थामा लागू हुनेछ । यो प्रायः गरेर पूरक सम्झौतामा प्रदान गरिन्छ ।

पहिलो प्रिमियम एउटा माफि हुनेछ जुन मृत्यु वा सदाका लागि अपा·ता भएको मितिको लगत्तै बाँकी रहेको हुन्छ । बीमितमा अपा·ता लामो समयसम्म रहेमा र प्रिमियमहरु बाँकी भएमा त्यसको लागि प्रिमयिम माफि दिइनेछ ।

सम्पूर्ण जीवन बीमा

व्यक्तिको सम्पूर्ण जीवनको लागि यथावत राख्न सकिने स्तर प्रिमियमहरु सहितको जीवन बीमा र जुन यसको लाभ भुक्तानी बीमित व्यक्तिको मृत्यु पश्चात् दिइनेछ, यस्तो मृत्यु जहिले भएपनि ।