Skip Navigation
बन्द गर्नुहोस्

नोट

चयन गरिएको पृष्ठको लागि अनुवाद हाल उपलब्ध छैन।

थप सहायता

तपाईंको पोलिसी वा तपाईंका विवरणहरु सच्चाउन यति सजिलो कहिल्यै थिएन । केवल उपयुक्त फारम छान्नुहोस् र त्यसलाई डाउनलोड गर्नुहोस् ।

पाउनुहोस् थप सहायता

तपाईंको पोलिसी वा तपाईंका विवरणहरु सच्चाउन यति सजिलो कहिल्यै थिएन । केवल उपयुक्त फारम छान्नुहोस् र त्यसलाई डाउनलोड गर्नुहोस् । फारम पूरा गर्नुहोस् र माग गरिएका थप कागजातहरु सहित हामीलाई मेल गर्नुहोस् अथवा भुक्तानीयो ठेगानामा पठाउनुहोस् ।

अमेरिकन लाइफ इन्सुरेन्स कम्पनी नेपाल

मार्फत्ः ग्राहक सेवा तथा संरक्षण विभाग

नारायणी कम्प्लेक्स

पुल्चोक, ललितपुर 

पो.ब. ११५९०

वा तपाईं फारम फ्याक्स पनि गर्न सक्नु हुन्छ ९७७ १ ५५५५ १७३ मा

यदि तपाईंसँग कुनै जिज्ञासा भएमा हामीलाई कल गर्नुहोस्९७७ १ ५५५५ १६६ मावा हामीलाई इमेल गर्नुहोस्  service-nepal@metlife.com.np

थप सहायता

व्यक्तिगत जानकारी अद्यावधिक÷ठेगाना परिवर्तन

के तपाईं हाम्रो अभिलेखमा रहेको तपाईंको व्यक्तिगत जानकारी वा ठेगानाहरु अद्यावधिक गर्न चाहनु हुन्छ ? यदि चाहनु हुन्छ भनें, कृपया यहाँ क्लिक गरेर व्यक्तिगत जानकारी अद्यावधिक फारम डाउनलोड गर्नुहोस् ।

हाम्रो उद्देश्य एक कार्यदिनमा नै तपाईंको आग्रह सम्बोधन गर्ने रहेको छ ।

के तपाईं तपाईंले सकार्नु भएको पोलिसीमा कुनै विवरणहरु परिवर्तन गर्न चाहनु हुन्छ ? तपाईंले तलका फारमहरु आवश्यक जानकारी सहित तपाईले गर्न खोज्नु भएको यी परिवर्तनहरु पाउनु हुनेछ ।

क. समर्पण रकम वृद्धि गर्ने
हामी तपाईंको साधारण जीवन पोलिसीको समर्पण रकम पोलिसी शुरु भएको मितिले ६ महिनाभित्रमा वृद्धि गरिदिन सक्छौं । यो, तथापि, अपर्याप्त हुनुको सन्तोषजनक प्रमाण र रकम वृद्धि गर्नु पर्नेे उचित कारण सहित पोलिसीबाहकबाट स्पष्टिकरण प्रस्तुत गर्नुको अधिनस्थ रहन्छ । 

तपाईंले पेश गर्नु पर्ने कागजातहरुसँग संलग्न गर्नु पर्ने पोलिसी कागजात ऋक्ऋ(द्दठ फारमको लागि यहाँ क्लिक गर्नुहोस्,  ऋक्ऋ(द्दण् फारमको लागि यहाँ क्लिक गर्नुहोस्, र यदि कम्पनीले आवश्यक ठानेमा मेडिकल जाँचको प्रमाणपत्र पनि पेश गर्नु पर्नेछ । यसका साथै तपाईंले हाल बाँकी रहेको प्रिमियमसँगै ब्याज सहित प्रिमियममा आउने भिन्नता पनि भुक्तान गर्नु जरुरी हुन्छ 

ख. समर्पण रकममा कटौती
तपाईंको साधारण जीवन पोलिसीको समर्पण रकमलाई भुक्तानी बुझाउने दिन पोलिसीबाहकको आग्रहमा कटौती गर्न सकिनेछ । यदि समर्पण रकम कटौती गर्ने निवेदन पोलिसीले आधारभूत नगद मूल्य आर्जन गर्नु अगावै पेश गरिएको छ भनें त्यस्तो अवस्थामा कुनै पनि प्रिमियम फिर्ता दिइने छैन । यद्यपि, यदि यस्तो आग्रह  पोलिसीले आधारभूत नगद मूल्य आर्जन गरेपछि गरिएको छ भनें नगद मूल्यमा भएको भिन्नता पोलिसीबाहकलाई फिर्ता दिइनेछ ।

समर्पण रकममा गरिएको कटौती प्रिमियम बाँकी रहेको मितिबाट प्रभावित हुनेछ ।

बीमाको आग्रह गरिएको समर्पण रकम तोकिएको पोलिसीको लागि न्यून समर्पण रकमभन्दा कम हुनु हुँदैन ।

तपाईंले कागजातहरुसँग यहाँ क्लिक गरेरऋक्ऋ(द्दठ फारम समेत पोलिसी कागजात र हालको बाँकी प्रिमियम उपलब्ध गराउनु पर्नेछ ।

ग. थप प्रबन्ध
एक पोलिसीबाहकले चालू साधारण जीवन पोलिसीमा प्रबन्धहरु थप गरेर बीमितले आफ्नो जीवनमा विभिन्न प्रकारका कभरेजहरु वृद्धि गर्न सक्दछ ।यी प्रबन्धहरु प्रिमियम बाँकी रहेको मितिबाट थप गर्न सकिनेछ ।

यी प्रबन्धहरु दुर्घटनाजन्य मृत्यु लाभ, अपा·ता संरक्षण प्रबन्ध, प्रिमियम माफि, व्यक्तिगत दुर्घटनासमेतमा उपलब्ध छन् ।

प्रत्येक प्रबन्धको बारेमा सविस्तार बुझ्न तथा तपाईं र तपाईंको परिस्थितिलाई कुन प्रबन्ध उपयुक्त हुन्छ भन्ने जान्नका लागि हामीलाई  ९७७ १ ५५५५ १६६ मा कल गर्नुहोस् र हामी तपाईंसँग हाम्रो एकजना व्यक्तिगत सल्लाहकारलाई भेट गर्र्ने व्यवस्था मिलाउनेछौं ।

प्रबन्ध थप गर्न,तपाईंले कागजातहरुसँग यहाँ क्लिक गरेरऋक्ऋ(द्दठ फारम, यहाँ क्लिक गरेरऋक्ऋ(द्दण् फारम, पोलिसी कागजात समेत पेश गर्नु पर्नेछ । साथसाथै तपाईंले प्रबन्ध प्रिमियम लगायत विद्यमान बाँकी प्रिमियम पनि चुक्ता गर्नु  पर्नेछ ।

घ. प्रबन्ध रद्द गर्ने
पेलिसीबाहकले लिखित आग्रहका साथ कुनैपनि प्रिमियम बाँकी रहेको मितिमा प्रबन्ध रद्द गर्न सक्नेछ । यद्यपि, यस्तो रद्दको आग्रह ग्रेस अवधिभन्दा अगावै पेश गर्नु अनिवार्य छ । 

प्रबन्ध रद्द गर्नलाई तपाईंले कागजातहरुसँग यहाँ क्लिक गरेरऋक्ऋ(द्दठ फारम, पोलिसी कागजात समेत पेश गर्नु पर्नेछ । साथसाथै तपाईंले प्रबन्ध प्रिमियम लगायत विद्यमान बाँकी प्रिमियम पनि चुक्ता गर्नु पर्नेछ ।

क. पोलिसी कर्जा

२ वर्ष नियमित प्रिमियम भुक्तनी गरेपछि पोलिसी कर्जाको लागि योग्य साबित हुनेछ । तपाईंले वार्षिक मिश्रीत ब्याजदर १२ प्रतिशत आत्मसमर्पण मूल्यको ८५ प्रतिशतसम्मको रकम ऋण लिन सक्नु हुनेछ ।
तपाईंले यो कुरा ध्यानमा राख्नु जरुरी छ कि यदि कूल लिइउको ऋण कूल आत्मसमर्पण मूल्यभन्दा ज्यादा वा बराबर हुन आएमा पोलिसी स्वतःआत्मसमर्पण गरिएको हुनेछ । कर्जा प्राप्त गर्न तपाईंले कर्जा सम्झौता पत्र र पोलिसी कागजात पेश गर्नु पर्दछ ।


ख्. आँशिक परिपक्वता भुक्तानी
तपाईंले तीन किस्ते भुक्तानी योजनाको लागि आँशिक परिपक्वता भुक्तानी अनुरोध गर्न सक्नु हुन्छ । यो लाभ जब प्रिमियमहरु नियमित रुपमा भुक्तान भैरहेको हुन्छ र तब तल दिइएको तालिका अनुसार प्राप्त हुनेछ ।

पहिलो आँशिक परिपक्वता– एक तिहाई पोलिसी अवधि पूरा भएपछि ।
दोस्रो आँशिक परिपक्वता– दुई तिहाई पोलिसी अवधि पूरा भएपछि ।

आँशिक परिपक्वता भुक्तानी माग गर्न तपाईंले तीन किस्ते भुक्तानी र निर्वाहनको लागि कबुलियत मातहत रहेर आवेदन दिनु पर्दछ । कृपया आँशिक परिपक्वता भुक्तानी आवेदन डाउनलोड गर्न लागि यहाँ क्लिक गर्नुहोस्


ग. बीमाको आत्मसमर्पणका लागि अनुरोध
कुनै पोलिसी आत्मसमर्पण गर्न, तपाईंले पोलिसी कागजात, पोलिसी आत्मसमर्पणका लागि आवेदन पेश गर्नु पर्नेछ र तपाईंले निर्वाहन भाउचर पूरा गर्नु जरुरी हुन्छ ।

तपाईंलाई यो थाहा हुनु जरुरी छ कि पोलिसी आत्मसमर्पण योग्य हुनका लागि तपाईंले २ पूरा वर्ष प्रिमियम बुझाउनु भएको हुनु पर्नेछ । त्यस अवस्थामा कम्पनीले पोलिसीको खुद आत्मसमर्पण मूल्य तपाईंलाई भुक्तानी दिनेछ ।

हाम्रो उद्देश्य तीन कार्यदिनभित्र सबै पोलिसी परिवर्तन र आत्मसमर्पण आग्रह र दुई कार्यदिनभित्र सबै कर्जा मागहरु उपर

सम्बोधन गरिसक्ने रहेको छ । आँशिक परिपक्वताको लागि प्राप्त आवेदन उपर एक कार्यदिनमा नै सम्बोधन गरिनेछ ।

इदि तपाईंले एउटा प्रिमियम छुटाउनु भयो र तपाईंको पोलिसी अयोग्य हुने चिन्तामा हुनुहुन्छ, छिटोभन्दा छिटो हामीलाई सम्पर्क राख्नुहोस् । धेरैजसो सन्दर्भहरुमा, हामी कभरको कुनै क्षति बिना तपाईंको योजनालाई सजिलै पुनःक्रियाशील गर्न सक्छौं । 


क्. सहज पुनर्लिखत
यो छुटेको अथवा स्वतः आत्मसमर्पण भएको पोलिसीलाई पुनः सुचारु गराउने एक प्रक्रिया हो । 

तल उल्लेख गरिए अनुसार आवश्यक पर्दछ ।
      •    बक्यौता प्रिमियमसँगैं चालु प्रिमियमका साथमा साधारण जीवन पोलिसीको बक्यौता प्रिमियममा १२ प्रतिशत वार्षिक ब्याजदरले बिलम्ब शुल्क, जुन बाँकी रहेको मितिले ९० दिनभित्रमा चुक्ता गरेमा मात्र लागू हुनेछ ।   
      •    यहाँ क्लिक गरेरऋक्ऋ(द्दण् फारम पाउनुहोस् ।

      •    यदि कम्पनीले आवश्यक ठानेमा मेडिकल जाँचको प्रमाणपत्र ।

कृपया स्मरण रहोस् कि पुनर्लिखत पोलिसी पुनर्लिखत गरेको मितिले २ वर्षका लागि छलफलयोग्य रहनेछ ।


ख.  पुन–मिति कायम गरेर पुनर्लिखत
यो प्रक्रिया त्यस्ता केही साधारण जीवन पोलिसीहरुमा ग्रहण गर्न सकिन्छ जहाँ प्रिमियम २ पूरा वर्षसम्म नतिरेको र पोलिसी कम्तीमा ६ महिनाको लागि छुटेको हुन्छ । पुन–मिति कायम द्वारा पुनर्लिखत गर्नको लागि अन्य बुँदाहरु समेत रहेका छन् ।

      •    यदि पोलिसीबाहकले सबै बक्यौता प्रिमियम र आर्जित  बिलम्ब शुल्क भुक्तानी गर्न नसकेमा पुन–मिति कायम गरेर पुनर्लिखत गर्न अनुमति दिइनेछ तर यो अपर्याप्त हुनुको प्रमाण अधिनस्थ हुनेछ ।
      •    पुनः मितिद्वारा पुनर्लिखतसँग योजना परिवर्तन गर्ने अनुमति छैन ।
      •    प्रिमियमहरु बीमितको प्राप्त उमेरमा आधारित भएर गणना गरिनेछ ।
      •    कूल भुक्तानीयोग्य रकम भन्नाले चालु प्रिमियमका साथै कुनैपनि प्रिमियममा भिन्नता र प्रिमियमको भिन्नतामा ब्याज भन्ने जनाउँछ ।
      •    पुन–मिति कायम गरेर पुनर्लिखत गर्न  पोलिसीको अवधिभर एकपटकमात्र अनुमति दिइनेछ ।

तपाईंले पोलिसी कागजात यहाँ क्लिक क्लिक गरेरऋक्ऋ(द्दठ फारम, पुन–मिति कायम गरेर पुनर्लिखत गरिदिने अनुरोध,  यहाँ क्लिक गरेरऋक्ऋ(द्दण् फारम, यदि कम्पनीले आवश्यक ठानेमा मेडिकल जाँचको प्रमाणपत्र समेत पेश गर्नु पर्नेछ ।

हाम्रो उद्देश्य सबै सामान्य पुनर्लिखत मागहरुको सम्बोधन १ कार्यदिनमा र पुन–मिति कायम गरेर पुनर्लिखत गरिदिने माग ३ कार्यदिन भित्रमा सम्बा्ेधन गर्ने रहेको छ ।

हामी तपाईंको परिस्थितिहरुका लागि तपाईंसँग सधैं सही संरक्षण छ भनेर निर्धक्क हुन चाहन्छौ ।यदि परिस्थितिमा परिवर्तन आएमा– उदाहरणको लागि, तपाईंको परिवार बढेको हुन सक्छ, काम बलिएको हुन सक्छ अथवा बसाईंसराई हुन सक्छ–यस्तो अवस्थाले रकमलाई वा तपाईंलाई आवश्यक संरक्षणको प्रकारमा गंभीर असर पारेको हुन सकछ ।

क्.योजना परिवर्तन
हामीले साधारण जीवन योजनालाई परिवर्तन गर्नका लागि तल केही पूर्व–बन्देजहरु उल्लेख गरेका छौं ।

      •    १० वर्षभन्दा कम प्रिमियम भुक्तानी अवधि भएको इण्डोमेन्ट योजनालाई पहिलो ६ महिनाभित्रमा मात्र परिवर्तन गर्न सकिने प्रावधान छ ।
      •    यदि परिपक्वताको ५ वर्षभित्र ५ भनें इण्डोमेन्ट पोलिसी  परिवर्तन गरिने छैन ।

     •    तीन किस्ते योजना परिवर्तन गर्ने अनुमति त्यतिखेर मात्र दिइनेछ जब आँँशिक परिपक्वताको पहिलो किस्ताको भुक्तानीका लागि कम्तीमा एक वर्ष अवधि बाँकी रहेको हुन्छ ।

      •    योजना परिवर्तन र समर्पण रकमको कटौतीको माग एकैसाथ गर्न सकिने छैन ।


यद्यपि, तपाईंले कसरी प्रक्रिया आरम्भ गर्ने भनेर निर्णय गर्नु अघि तपाईं हामीसँग कुरा गर्न चाहनु हुन्छ होला । यदि तपाईंलाई तपाईंको योजनाका बारेमा र परिवर्तनहरु कसरी गर्नसकिन्छ भनेर हामबिाट कुनै निर्दिष्ट जानकारी आवश्यक पर्छ भनें हामीलाई  ९७७ १ ५५५५ १६६ मा कल गर्नुहोस्, जसले गर्दा हामी तपाईंले अझै सही श्रेणीको संरक्षण प्राप्त गरिरहनु भएको छ भनेर निश्चिन्त हुन सक्छौं ।

तपाईंले पोलिसी सम्बन्धि कागजात उपलब्ध गराउनु पर्नेछ। तपाइंले देहायका फारमहरु भर्नु पर्नेछः

ऋक्ऋ(द्दठ (फारमको लागि यहाँ क्लिक गरेर डाउनलोड गर्नुहोस् ) र

ऋक्ऋ(द्दण् (फारमको लागि यहाँ क्लिक गरेर डाउनलोड गर्नुहोस् )

तपाईंले प्रिमियमहरुको भिन्नता सँगसँगैं ब्याज समेत चुक्ता गरेको हुनु पर्दछ ।

 

तपाईंले प्रिमियमहरुको भिन्नता सँगसँगैं ब्याज समेत चुक्ता गरेको हुनु पर्दछ ।We want to make sure that you always have the right protection for your circumstances.  If things change – for example, you may start a family, move jobs or emigrate – this could seriously affect the amount or type of protection you need.

a.    Plan Change

We have provided below some of the pre-conditions for making changes to a plan:
      •    Change to Endowment Plan where premium payment period is less than 10 years is considered only within first 6 months.
      •    Endowment policy can not be changed if it is within 5 years of maturity.
      •    A change to three payment plan will be allowed only if there is at least one year left for payment of the first installment of partial maturity.
      •    Plan change and reduction of face amount can not be requested simultaneously.

However, you may want to speak with us before you decide on how to proceed. So if you need any specific information on your plan and how the changes can be made, just call us on at  +977 1 5555166 so we can make sure you’re still receiving the right level of protection.

You need to provide the policy document. Beside this you have to fill the following forms:
CSC-27 (click here to download the form)  and
CSC-20 (click here to download the form) 
You may need to make a payment for the difference of premiums along with interest.
We want to make sure that you always have the right protection for your circumstances.  If things change – for example, you may start a family, move jobs or emigrate – this could seriously affect the amount or type of protection you need.

a.    Plan Change

We have provided below some of the pre-conditions for making changes to a plan:
      •    Change to Endowment Plan where premium payment period is less than 10 years is considered only within first 6 months.
      •    Endowment policy can not be changed if it is within 5 years of maturity.
      •    A change to three payment plan will be allowed only if there is at least one year left for payment of the first installment of partial maturity.
      •    Plan change and reduction of face amount can not be requested simultaneously.

However, you may want to speak with us before you decide on how to proceed. So if you need any specific information on your plan and how the changes can be made, just call us on at  +977 1 5555166 so we can make sure you’re still receiving the right level of protection.

You need to provide the policy document. Beside this you have to fill the following forms:
CSC-27 (click here to download the form)  and
CSC-20 (click here to download the form) 
You may need to make a payment for the difference of premiums along with interest.

तपाईंले चिन्ता लिनु पर्दैन!  हामी तपाईंलाई सक्कली कागजात हराएमा वा नाश भएमा त्यसको सट्टामा प्रतिलिपि पोलिसी उपलब्ध गराउन सक्छौं ।

तपाईंले पोलिसी हराएको स्वघोषणा फारम पेश गर्नु जरुरी हुन्छ । फारम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । हामी तपाईंलाई ने.रु.५०÷ र टिकट शुल्क लिएर नयाँ पोलिसी प्रदान गर्नेछौं ।

कृपया ध्यान दिनुहोस्, पुनः जारी गर्दा लाग्ने सबै शुल्कहरु बहन गर्ने दायित्व पोलिसीधनीको हुनेछ ।

हाम्रो उद्देश्य आवेदन प्राप्त भएको तीन कार्यदिन भित्र माग गरिएका सबै  पोलिसी  प्रतिलिपिहरु उपर सम्बोधन गरिसक्ने रहेको छ ।

यदि तपाईं तपाईंको पोलिसीको लाभग्राही  परिवर्तन गर्न इच्छुक हुनुहुन्छ भनें तपाईंले पोलिसी परिवर्तन गर्ने फारम ऋक्ऋ( द्दठ यहाँ क्लिक गरेर डाउनलोड गरी  भरेर पुनःयोग्य लाभग्राही परिवर्तन गर्न सक्नु हुन्छ । कृपया ध्यान दिनुहोस् कि बीमित र तोकिएको लाभग्राहीबीच विश्वसनीय रुची  हुनु पर्दछ ।

हाम्रो उद्देश्य ३ कार्यदिनभित्र लाभग्राही परिवर्तनको मागलाई सम्बोधन गर्ने रहेको छ ।

यदि तपाईं कुनैपनि प्रक्रियाहरु, फारमहरु र परिवर्तनका लागि तपाईंको पोलिसी योग्य हुने सन्दर्भमा समेत पनि केही जिज्ञासाकाुे समाधान चाहनु हुन्छ भनें हामीसँग पत्राचार गर्नुहोस् अथवा हामीलाई कल गर्नुहोस् । हामी तपाईंलाई सहयोग अवश्य गर्नेछौं ।

पत्राचार गर्नको लागिः
अमेरिकन जीवन बीमा कम्पनी
नरायणी कम्प्लेक्स
पुल्चोक, ललितपुर
पो.ब.११५९०

तपाईंले हामीलाई टेलिफोन +९७७–१–५५५ु५१६६ मा कल गर्न वा 

फ्याक्स + ९७७–१–५५५५१७३ मा आफ्नो जिज्ञासा पठाउन सक्नु हुन्छ ।

व इमेल कभचखष्अभ(लभउब२िmभतषिभ।अयm।लउ मा मेल पनि गर्न सक्नु हुन्छ ।

यदि तपाईंसँग हाम्रो सेवालाई लिएर कुनै गुनासो वा सुझाव, परामर्श छ भनें तपाईंले माथि दिइएको ठेगानामा हाम्रो ग्राहक सेवा विभागलाई पत्राचार गर्न सक्नु हुन्छ ।