मेटलाइफमा हामी तपाईंलाई यी निर्णयहरु सजिलै लिन सहयोग गर्न चाहन्छौं । हाम्रो प्रिमियम क्यालकुलेटरहरुले तपाईंले चाहनु भएको बीमा संरक्षणको लागि तपाईंलाई आवश्यक पर्ने बचतका बारेमा शिघ्र जानकारी दिनेछ । तपाईंको बालबालिकाहरुको शिक्षाको लागि होस् या अकस्मात आइपर्न सक्ने घटनामा तपाईंको परिवारको सुरक्षागार्डको लागि होस्, यी क्यालकुलेटरहरुले तपाईंको भविष्यको लागि तपाईंको लगानीलाई राम्ररी बुझ्न सहयोग पु¥याउनेछ ।
प्रिमियम क्यालकुलेटर
हाम्रो क्यालकुलेटर प्रयोग गरेर तपाईंले चाहनु भएको वित्तिय संरक्षणका लागि तपाईंलाई कति आवश्यक पर्छ भन्ने जान्नुहोस् ।
प्रिमियम क्यालकुलेटर
न्यूनतम वार्षिक प्रिमियम = ने.रु.१२,०००, अधिकतम वार्षिक प्रिमियम = ने.रु.३०,००,०००
न्यूनतम अवधि = ५ वर्ष, अधिकतम अवधि = २० वर्ष
विधि कः
निश्चित् राशि अथवा कभरेज रकम (क) र बीमा कभेजको अवधि (ख) रोज्नुहोस् ।
वार्षिक प्रिमियम = निश्चित् राशि अथवा कभरेज रकम/अवधि
उदाहरणः निश्चित् राशि रु. ५,००,००० सहितको २० वर्षे पोलिसीका लागि वार्षिक प्रिमियम रु.२५,००० पर्छ– यो गणना रु.५,००,०००लाई २० ले भाग गरेर आएको हो ।
विधि खः
वार्षिक प्रिमियम (क) र बीमा कभेजको अवधि (ख) रोज्नुहोस् ।
निश्चित् राशि अथवा कभरेज रकम = वार्षिक प्रिमियम ह् अवधि
उदाहरणः निश्चित् राशि अथवा कभरेज रकम २० वर्षे पोलिसीको तिर्नु पर्ने रु.२५,००० वार्षिक प्रिमियमले रु.५,००,०००– यो गणना रु.२५,००० लाई २० ले गुणा गरेर आएको हो ।