मृत्यु दावी प्रक्रिया पूरा गर्न निम्न बमोजिमका कागजातहरु अनिवार्य रुपमा संलग्न गरी पेश गर्नु पर्नेछ ।
१. सक्कली पोलिसी कागजात
२. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी गरिएको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, नोटरी पब्लिकबाट प्रमाणित गरिएको ।
३. लाभग्राही÷हरुको नागरिकताको प्रतिलिपि, साथसाथै बीमितको समेत, नोटरी पब्लिकबाट प्रमाणित गरिएको ।
४. नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, नोटरी पब्लिकबाट प्रमाणित गरिएको ।
५. बीमित र लाभग्राही÷हरुबीचको नाता खुलेको नाता प्रमाणपत्रको प्रतिलिपि र सम्बद्ध सबैको फोटोहरु पनि । नाबालकको हकमा सबै सम्बद्ध व्यक्तिहरुको फोटोसहित नाता प्रमाणपत्रको प्रतिलिपि, उदाहरणको लागि बीमित, नाबालक लाभग्राही÷हरु, जीवित अभिभावक आदि, नोटरी पब्लिकबाट प्रमाणित गरिएको ।
६. सबै कानूनी हकवालाहरु र अँशीयारहरु( यदि लाभग्राहीहरु कनूनी हकदार भएमा) को नाममा अदालतद्वारा जारी गरिएको उत्तराधिकारी प्रमाणपत्रको प्रतिलिपि, नोटरी पब्लिकबाट प्रमाणित गरिएको ।७.अस्पतालमा उपचार गरिएका कागजपत्रहरु ।८. अस्पतालबाट प्राप्त मृत्यु प्रमाणपत्र ।
९.प्रहरी रिपोर्ट ( यदि दुर्घटनाले वा अन्य शँकास्पद घटनाले मृत्यु भएको छ भनें)
१०. पोस्टमार्टम प्रतिवेदन (( यदि दुर्घटनाले वा अन्य शँकास्पद घटनाले मृत्यु भएको छ भनें)
११. भिसेरा प्रतिवेदन (केही दुर्घटनाजन्य वा अन्य शँकास्पद घटनाले मृत्यु भएमा आवश्यक पर्न सक्छ)
१२. दावीकर्ताको लिखत पूरा गरिनु पर्नेछ र हरेक लाभग्राहीले त्यसमा दस्तखत गर्नु पर्दछ र नोटरी पब्लिकबाट प्रमाणित गरिनु पर्दछ ।
१३. फिजिसीयनको लिखत पूरा गरिनु पर्नेछ र अन्तिम फिजिसीयन, जसले मृत्यु भएको यकिन गरेको हुन्छ, वहाँको छाप र हस्ताक्षर हुनु पर्दछ ।
१४. पत्रिकाको अँशहरु ( श्रद्धाञ्जली विज्ञापन, समाचारहरु आदि)()यदि उपलब्ध भएमा ।)