Skip Navigation
बन्द गर्नुहोस्

नोट

चयन गरिएको पृष्ठको लागि अनुवाद हाल उपलब्ध छैन।

दावी फारम

दावी भुक्तानी प्रक्रिया सुरु गर्न तपाइँको दावीहरू अनलाइन पेश गर्नुहोस्।

दावी पेश गर्न आवश्यक पर्ने कागजातहरु

मृत्यु दावी प्रक्रिया पूरा गर्न निम्न बमोजिमका कागजातहरु अनिवार्य रुपमा संलग्न गरी पेश गर्नु पर्नेछ ।

१. सक्कल बीमालेख

२. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी गरिएको मृत्यु दर्ता प्रमाणपत्रको नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपि

३. ईच्छाइएकोव्यक्तिको नागरिकताको नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपि

४. ईच्छाइएको व्यक्ति नाबालक भएमा जन्मदर्ताको नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपि

५. बीमित तथा ईच्छाइएको व्यक्ति बीच नाता प्रमाणित प्रमाणपत्रको नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपि

६. अस्पतालमा उपचार गरिएको उपचारका सम्पूर्ण कागजातहरु

७. अस्पतालबाट जारी गरिएको मृत्यु प्रमाणपत्र

८. दुर्घटना अथवा शंकास्पद मृत्युको लागि प्रहरी प्रतिवेदन, घटनास्थल मुचुल्का र पोस्टमार्टम रिपोर्ट

९. कम्पनीबाट उपलब्ध गराएको दावी फाराम भरी पेश गर्ने

१०. कम्पनीबाट उपलब्ध ढाँचामा चिकित्सकको बयान फारम

११. पत्रिकाको अंश (श्रद्धाञ्जली विज्ञापन, समाचारहरु­) यदि उपलब्ध भएमा

१२. ईच्छाइएको व्यक्तिको पासपोर्ट साइजको एक प्रति फोटो

ग्रुप बीमा अन्तर्गत मृत्यु दावी प्रक्रिया पूरा गर्न निम्न बमोजिमका कागजातहरु अनिवार्य रुपमा संलग्न गरी पेश गर्नु पर्नेछ ।

१. सक्कल बीमालेख

२. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी गरिएको मृत्यु दर्ता प्रमाणपत्रको नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपि

३. ईच्छाइएकोव्यक्तिको नागरिकताको नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपि

४. ईच्छाइएको व्यक्ति नाबालक भएमा जन्मदर्ताको नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपि

५. बीमित तथा ईच्छाइएको व्यक्ति बीच नाता प्रमाणित प्रमाणपत्रको नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपि

६. अस्पतालमा उपचार गरिएको उपचारका सम्पूर्ण कागजातहरु

७. अस्पतालबाट जारी गरिएको मृत्यु प्रमाणपत्र

८. दुर्घटना अथवा शंकास्पद मृत्युको लागि प्रहरी प्रतिवेदन, घटनास्थल मुचुल्का र पोस्टमार्टम रिपोर्ट

९. कम्पनीबाट उपलब्ध गराएको दावी फाराम भरी पेश गर्ने

१०. रोजगारदाताले उपलब्ध गराएको नियुक्ति मिति खुलेको, पुर्णकालीन रुपमा कर्मचारी भएको र कार्य गरेको अन्तिम दिन   खुलेको र कम्पनीबाट निजलाई हटाएको मिति उल्लेख भएको पत्र

११. बीमितले बुझेको अन्तिम आधारभूत मासिक तलब उल्लेख भएको तलब विवरण

१२. ईच्छाइएको व्यक्तिको पासपोर्ट साइजको एक प्रति फोटो

१. मृत्युदर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

२. बीमित तथा ईच्छाइएको व्यक्ति बीच नाता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

३. बीमित तथा ईच्छाइएको व्यक्तिको नागरिकताको प्रमाणित प्रतिलिपि

४. समूह मुचुल्का

५. कर्जा मौज्दात विवरण

६. तमसुक

७. संस्थाको पत्र

८. कम्पनीबाट उपलब्ध गराएको दावी फाराम भरी पेश गर्ने

१. उपचारका कागजातहरु (इमरजेन्सी पेपर, चिकित्सकको प्रेस्क्रिप्शन, अस्पतालबाट जारी डिस्चार्ज पेपर आदि)

२. कम्पनीबाट उपलब्ध गराएको दावी फाराम भरी पेश गर्ने

३. सक्कल मेडिकल बीलहरु

४. टेस्ट रिपोर्टहरु (एक्स रे, रगत परिक्षण, सिटी स्क्यान, एम आर आई रिपोर्ट आदि)

५. हाजिरी रेकर्ड (दुर्घटनाबाट भएको अशक्तताको कारण पाउने साप्ताहिक आय दावीको लागि)

 

दुर्घटनाबाट हुने औषधोपचार खर्च सोधभर्ना, अस्पताल भर्ना आय, दुर्घटनाको कारण साप्ताहिक आय दावी प्रक्रिया पूरा गर्न निम्न बमोजिमका कागजातहरु अनिवार्य रुपमा संलग्न गरी पेश गर्नु पर्नेछ ।

१. उपचारसँग सम्बन्धित सम्पूर्ण कागजातहरु

२. सक्कल बीलहरु

३. कम्पनीबाट उपलब्ध गराएको दावी फाराम भरी पेश गर्ने

४. कम्पनीबाट उपलब्ध ढाँचामा चिकित्सकको बयान फाराम (आवश्यक भएमा)

५. प्रहरी प्रतिवेदन (आवश्यक भएमा)

१. बीमितको विगतमा भएको उपचारको कागजात सहित सम्पूर्ण उपचारका कागजातहरु

२. कम्पनीबाट उपलब्ध गराएको दावी फाराम भरी पेश गर्ने

३. कम्पनीबाट उपलब्ध ढाँचामा चिकित्सकको बयान फाराम

स्थायी पूर्ण अशक्तता र स्थायी आंशिक अशक्तता दावी प्रक्रिया पूरा गर्न निम्न बमोजिमका कागजातहरु अनिवार्य रुपमा संलग्न गरी पेश गर्नु पर्नेछ ।

१. उपचारसँग सम्बन्धित सम्पूर्ण कागजातहरु

२. कम्पनीबाट उपलब्ध गराएको दावी फाराम भरी पेश गर्ने

३. कम्पनीबाट उपलब्ध ढाँचामा चिकित्सकको बयान फाराम

४. प्रहरी प्रतिवेदन (आवश्यक भएमा)