Skip Navigation
बन्द गर्नुहोस्

नोट

चयन गरिएको पृष्ठको लागि अनुवाद हाल उपलब्ध छैन।

इण्डोमेन्ट योजना

तपाईंको परिवारले न्यून लागतमा उच्च रक्षावरण प्राप्त गरेका छन भनेर सुनिश्चित हुनुहोस ।

तपाईं आफ्नो परिवारको सदैव भलो चाहनु हुन्छ । तर जीवन सधैं अनिश्चितताले भरिएको हुन्छ । त्यसैले यो सुनिश्चित् गर्न जरुरी छ कि तपाईंलाई केही अनहोनी भैहालेमा तपाईंको पििरवारको संरक्षण उचित ढँगले होस् । यो सरल योजना जीवन बीमाको सर्वाधिक व्यहारिक किसिम हो जसले न्यून लागतमा उच्चतम सुरक्षण प्रदान गर्दछ । तपाईंको प्रियजनलाई जीवनभर सुविधा र सुरक्षा प्रदान गर्ने यो नै एक उत्तम उपाय हो ।

यो बीमालेखले बीमालेख  अवधि समाप्ति पश्चात बीमालेखधनीलाई बीमांक रकम भुक्तानी दिनेछ । सावधिक बीमालेखको अवधि समाप्त हुनु अगावै यदि कारणवश मृत्यु भएमा प्रिमियमको भुक्तानी अन्त्य गरिनेछ र लाभग्राहीलाई तोकिएको बोनसका साथ बीमांक रकम चुक्ता गरिनेछ।

यदी अवधि समाप्ति अघि बिमित बच्चाको मृत्यु भएमा:

वर्गीकृत मृत्युलाभ अनुमोदन (Graded Death Benefit Endorsement )* पत्रको अधीनमा रही भुक्तानी योग्य मृत्युलाभ रकम भुक्तानी गरिन्छ ।

बीमितको आयु २ वर्ष ६ महिना नपुग्दै बीमितको मृत्यु भएमा यस वर्गीकृत मृत्युलाभ अनुमोदन ÷ शिक्षा संरक्षण योजना अनुमोदनपत्र अन्तर्गत भुक्तानी गरिने रकम तल दिईएको अनुसूचि बमोजिम हुनेछ । 

मृत्यु हुदाको उमेर  भुक्तानी हुने रकम
६ महिना भन्दा कम भएमा बीमाड्ढ रकमको २५ प्रतिशत
सबभन्दा नजिकको जन्मदिनमा पुग्ने उमेर १ वर्ष भएमा बीमाड्ढ रकमको ५० प्रतिशत
सबभन्दा नजिकको जन्मदिनमा पुग्ने उमेर २ वर्ष भएमा बीमाड्ढ रकमको ७५ प्रतिशत
सबभन्दा नजिकको जन्मदिनमा पुग्ने उमेर ३ वर्ष भएमा बीमाड्ढ रकमको शत प्रतिशत 

मृत्युलाभ बीमाड्ढ रकमको २५ प्रतिशत भन्दा बढी हुने अवस्थामा बीमाड्ढको २५ प्रतिशत तल्काल भुक्तानी गरी बाँँकी हुन आउने, मृत्युहँुदा सम्मको आर्जित बोनस सहितको रकम बीमालेख परिपक्व वा समाप्ती (Maturity) भएपछि भुक्तानी गरिनेछ । 

अवलोकन

योग्यताः
उमेर–कम्तीमा ३१ दिन, बढीमा ५५ वर्ष 

बीमाड्ढ रकमः
न्यूनतम ने.रु.५०,०००,अधिकतम ने.रु. ५ करोड

पोलिसी  अवधिः
१०,१५,२०,२५ वा ३० वर्षको अवधि अथवा ५५, ६०.६५ वर्षको उमेरमा योजना परिपक्व हुनेगरी लिन सकिने ।

प्रिमियम भुक्तानी  तरिकाः
वार्षिक, अर्ध–वार्षिक वा त्रैमासिक

यो योजना कसले खरीद गर्न सक्छ ? र कसरी ?
१. सामान्य आय स्रोत हुने जो कोहीले आफ्नै लागि यो योजना खरी द गर्न सक्नेछ ।
२. सामान्य आय स्रोत भएका बीमित व्यक्तिहरुले अरुका लागि यो योजना खरी द गर्न सक्नेछन् ।
३. आय स्रोत नभएका व्यक्तिका हकमा, आय स्रोत भएको दरखास्तवालाले सामान्यतया दरखास्तवालाले लिएको बीमाड्ढ रकम वरावर अथवा त्योभन्दा बढी नहुने गरी यो योजना खरिद गरिदिन सक्नेछ । 

पूरक करार लाभ
पुरक करार एक थप बीमालेख हो जुन सम्झौताको एक अङ्गको रुपमा रहनेछ । यसले कुनै दुर्घटना भैहालेमा रक्षावरण स्वरुप सम्झौताामा उल्लेख गरे अनुसारका अतिरिक्त लाभहरु प्रदान गर्नेछ । बीमा पोलिसीमा समावेश गर्न सकिने केही पुरक करारहरुः

  • दुर्घटनाले मृत्यु लाभ(एडिबि): यस अन्तर्गत दुर्घटनाको कारण बीमितको मृत्यु भएको अवस्थामा थप रकम सहित भुक्तानी गरिनेछ । 
  • अपाङ्गता सँरक्षण प्रबन्ध(डिपिआर): यसले संरक्षक(शैक्षिक सँरक्षण योजना मातहत) रोग वा दुर्घटनाको कारण अपाङ्ग हुन पुगेमा सुरक्षा प्रदान गर्दछ । यदि संरक्षक सदाका लागि अपाङ्ग भएमाः

○ बाँकी सबै प्रिमियम माफि दिइनेछ र पोलिसी यथावत् रुपमा नै चालु रहनेछ ।

○ बीमाड्ढ रकमको एक प्रतिशत बराबरले हुन आउने रकम हरेक महिना पोलिसी परिपक्वता नभएसम्म सन्ततिलाई प्रदान गरिनेछ र परिपक्वता भएपछि, सन्ततिलाई पोलिसीको समर्पण रकमका साथै बोनस रकम पनि चुक्ता गरिनेछ । 

  • व्यत्तिगत दुर्घटना सुरक्षा (पिए)ः व्यत्तिगत दुर्घटना सुरक्षाले बीमितको जीवनलाई दुर्घटना भैहालेमा व्यापक रुपमा सुरक्षाको सुनिश्चत्ता प्रदान गर्दछ । दुर्घटना बीमा रक्षावरण अन्तर्गत निम्न विषय पर्दछन्ः

○ दुर्घटनाले हुने मृत्यु(एडि)– कथंकदाचित दुर्घटनाको कारण बीमितको मृत्यु भैहालेमा एकमुष्ठ रकम लाभग्राहीलाई प्रदान गरिनेछ ।

○ सदाका लागि पूर्ण अपाङ्ग(पिटिडि)–दुर्घटनाको कारण सदाका लागि पूर्ण अपाङ्ग हुन गएमा बीमितलाई एकमुष्ठ रकम प्रदान गरिनेछ ।

○ सदाका लागि आँशिक अपाङ्ग (पिपिडि)–कथंकदाचित दुर्घटनाको कारण हेर्ने वा सुन्ने वा बोल्ने शक्ति गुमेमा बीमाड्ढ रकमको प्रतिशतका दरले हुन आउने रकम बीमितलाई चुक्ता गरिनेछ ।