Skip Navigation
बन्द गर्नुहोस्

नोट

चयन गरिएको पृष्ठको लागि अनुवाद हाल उपलब्ध छैन।

फ्युचर केयर डिपिएस

यस्तो बचत तथा संरक्षण योजना जसले आकर्षक परिपक्वता मुल्य र गतिलो दुर्घटना लाभ प्रदान गर्दछ ।

फ्युचर केयर डिपिएस मेटलाइफको एक बचत तथा संरक्षण योजना हो, जसले आकर्षक परिपक्वता मुल्य र गतिलो दुर्घटना लाभ प्रदान गर्दछ ।

फ्युचर केयर डिपिएस (बचत संरक्षण योजना) का दुईवटा योजना मध्ये कुनै एक रोज्नुहोस् ।

गोल्ड प्लानः मृत्यु हुँदा लाभका साथ फ्युचर केयर डिपिएस

यस योजनाले तपाईंलाई प्रदान गर्ने फाइदाहरुः

  • परिपक्वता मुल्यः अत्यन्त आकर्षक परिपक्वता मुल्य जसले तपाईंको वित्तिय आवश्यकताहरु पूर्ति गर्नलाई यथोचित प्रतिफल आर्जन गराउनेछ ।
  • लाइफ कभरेज –बीमांक रकमको १०० प्रतिशतः कथंकदाचित बीमितको मृत्यु भएमा योजना अन्तर्गत बीमांक रकम वा खातामा रहेको रकम, जुन बढी छ, त्यही रकम चुक्ता गरिनेछ । कथंकदाचित दुर्घटनाको कारण जीवन गुमेमा बीमांक रकमको २०० प्रतिशत रकम थप लाभ स्वरुप भुक्तानी दिइनेछ।
  • दुर्घटना कभरेज –समर्पण रकमको २०० प्रतिशतः कथंकदाचित दुर्घटनाको कारणबाट मृत्यु भएमा, अ·भ· भएमा, हेर्ने, सुन्ने, बोल्ने शक्ति गुमेमा अथवा दुर्घटनाले सदाको लागि अपा·ता हुन पुगेमा बीमांक रकमको २ गुना भुक्तानी दिइनेछ । यदि दुर्घटनाबाट अ·भ· भएमा, हेर्ने, सुन्ने, बोल्ने शक्ति गुमेमा क्षतिको किसिम र गाम्भिर्यताको अधिनमा रही बीमांक रकमको २ गुना सम्म भुक्तानी दिइनेछ।

सिल्भर प्लानः मृत्यु हुँदा लाभरहित फ्युचर केयर डिपिएस  

यस योजनाले तपाईंलाई प्रदान गर्ने फाइदाहरुः

  • परिपक्वता मुल्यः अत्यन्त आकर्षक परिपक्वता मुल्य जसले तपाईंको वित्तिय आवश्यकताहरु पूर्ति गर्नलाई यथोचित प्रतिफल आर्जन गराउनेछ ।
  • दुर्घटना कभरेज – बीमांक रकमको २०० प्रतिशतः कथंकदाचित दुर्घटनाको कारणबाट मृत्यु भएमा, अथवा दुर्घटनाले सदाको लागि अपा·ता हुन पुगेमा बीमांक रकमको २ गुनाका साथै  खाताको रकम समेत घटना भएकै दिन चुक्ता गरिनेछ । यदि दुर्घटनाबाट अ·भ· भएमा, हेर्ने, सुन्ने, बोल्ने शक्ति गुमेमा क्षतिको किसिम र गाम्भिर्यताको अधिनमारही बीमांक रकमको २ गुना सम्म भुक्तानी दिइनेछ।

अवलोकन

प्रवेश योग्य उमेरः १८ देखि ५४ वर्ष

अवधिः कम्तीमा ५ वर्ष र बढीमा २० वर्ष

बीमांक रकमः वार्षिक प्रिमियम ह् पोलिसी अवधि

अधिकतम बीमांक रकमः ने.रु.१५० लाख

न्यूनतम वार्षिक प्रिमियमः ने.रु.१२,०००÷

अधिकतम वार्षिक प्रिमियमः ने.रु. ३० लाख

प्रिमियम भुक्तान तरिकाः वार्षिक, अर्ध–वार्षिक वा त्रैमासिक

दुर्घटना बीमा रक्षावरण(एडि÷डि÷पिटिडि)ः बढीमा ६५ वर्ष उमेरसम्म ।

लाभ र प्रक्षेपित परिपक्वता रकमको एक झलक

यदि ३५ वर्ष उमेर पुगेको बीमितले २० वर्ष अवधिको बीमा गर्न चाहन्छ र वार्षिक प्रिमियम ने.रु.३०,०००÷( अर्थात मासिक बचत रु.२,५००÷) बुझाउन सक्छ भनें त्यस्तो बीमितले प्राप्त गर्न सक्ने बीमा रक्षावरण र लाभ यसप्रकार हुनेछः

उदाहरण, फ्युचर केयर डिपिएस– गोल्ड प्लानका लागि 

  • लाइफ कभरेजःने. रु.६००,०००/- (अर्थात रु.३०,००० ह२०)
  • दुर्घटना कभरेजः ने.रु.१२००,०००/-
  • परिपक्वता रकम २ अनुमानित लगानी आयको दर
  • निक्षेप दर ७ प्रतिशतले ने.रु.१,०६१,१६७/-
  • निक्षेप दर ९ प्रतिशतले ने.रु.१,३५६,८२१/-

         अथवा

  • आजीवन अन्युटी (पेन्सन) (यदि बीमितले माथि लेखिए बमोजिम एमकुष्ठ रकम नलिई आजीवन अन्युटी (पेन्सन) लिन चाहेमा)ः
  • मासिक आय २ अनुमानित ब्याज दर ७ प्रतिशत भएमा रु.५,८४६÷६५ 
  • मासिक आय २ अनुमानित ब्याज दर यदि ९ प्रतिशत भएमा रु.७,४७५÷५९

उदाहरण, सिल्भर प्लायन फ्युचर केयर डिपिएसका लागि

  • दुर्घटना कभरेज– ने.रु.१२००,०००/-
  • परिपक्वता रकम २ अनुमानित लगानी  निक्षेप दर
  • निक्षेप दर ७ प्रतिशतले ने.रु.१,०८८,३८१/-
  • निक्षेप दर ९ प्रतिशतले ने.रु.१,३९०,८६२/-

        अथवा

  • आजीवन अन्युटी (पेन्सन) स्वेच्छिक८ (यदि बीमितले माथि लेखिए बमोजिम एमकुष्ठ रकम नलिई आजीवन अन्युटी (पेन्सन) लिन चाहेमा)ः
  • मासिक आय २ अनुमानित ब्याज दर ७ प्रतिशतले रु.५,९९६÷६८ 
  • मासिक आय २ अनुमानित ब्याज दर यदि ९ प्रतिशत भएमा रु.७,६६३÷१५

* प्रस्तुत झलक एक उदाहरण मात्र हो र सजिलो तरिकाले बुझ्न मद्दत पुगोस् भन्ने उद्देश्यले एक अनुमानित आँकडा यहाँ पेश गरिएको हो । वास्तविक रकमको गणना यथार्थ ब्याजदर र मृत्युदर तालिकाको प्रयोग गरेर परिपक्वताको समयमा निर्धारण गरिनेछ ।

फ्युचर केयर डिपिएसमा थप गर्न सकिने केही लाभहरु देहाय बमोजिम रहेका छन्ः

  • घातक रोग पुरक करारः ७ घातक रोगहरु (मुख्य क्यान्सर, पहिलो ह्रदयाघात, स्ट्रोक, अहानिकर ब्रेन ट्युमर, गहन कोरोनरी मुटु रोग, मुटु भल्भको शल्यक्रिया र प्राइमरी पल्मोनरी हाइपरटेन्सन) को रक्षावरण गरिन्छ । उल्लिखित रोगहरुमध्ये कुनै एक रोग लागेको पहिचान पश्चात् बीमांक रकमको ५० प्रतिशत वा १०० प्रतिशत बराबर एकमुष्ठ रकम भुक्तान दिइनेछ ।
  • परिवार संरक्षण पुरक करारः प्रिमियम अवधिको दौरानमा नै यदि दुर्घटनाको कारण वा विरामी भएको कारण सदाको लागि र पूर्ण अपा·ता व्यहोरेमा बाँकी प्रिमियम –मूख्य बीमालेख एवं पुरक करार हरुको) माफि गरिनेछ। 

प्रथम पटक पोलिसी प्रकाशित मितिः२४/०५/२०१२

पूरक करार लाभ:
पुरक करार एक थप बीमालेख हो जुन मूख्य बीमालेखको एक अङ्गको रुपमा रहनेछ । यसले कुनै दुर्घटना भैहालेमा रक्षावरण स्वरुप सम्झौताामा उल्लेख गरे अनुसारका अतिरिक्त लाभहरु प्रदान गर्नेछ । बीमालेखमा समावेश गर्न सकिने केही पुरक करारहरुः

  • दुर्घटनाले मृत्यु लाभ (एडिबि)ःयस अन्तर्गत दुर्घटनाको कारण बीमितको मृत्यु भएको अवस्थामा थप रकम सहित भुक्तानी गरिनेछ । 
  • अपा·ता भएमा प्रिमियम माफि (डब्लुपि)ः कथंकदाचित बीमित सदाको लागि पूर्ण अपा· भएमा डब्लुपिले पोलिसीको बाँकी प्रिमियम माफि गर्नेछ ।
  • अपाङ्गता सँरक्षण पूरक करार (डिपिआर)ः यसले संरक्षक(शैक्षिक सँरक्षण योजना मातहत) रोग वा दुर्घटनाको कारण अपाङ्ग हुन पुगेमा सुरक्षा प्रदान गर्दछ । यदि संरक्षक सदाका लागि अपाङ्ग भएमाः

- बाँकी सबै प्रिमियम माफि दिइनेछ र पोलिसी यथावत् रुपमा नै चालु रहनेछ ।

- बीमाड्ढ रकमको एक प्रतिशत बराबरले हुन आउने रकम हरेक महिना पोलिसी परिपक्वता नभएसम्म सन्ततिलाई प्रदान गरिनेछ र परिपक्वता भएपछि, सन्ततिलाई पोलिसीको समर्पण रकमका साथै बोनस रकम पनि चुक्ता गरिनेछ । 

- व्यत्तिगत दुर्घटना सुरक्षा (पिए)ः व्यत्तिगत दुर्घटना सुरक्षाले बीमितको जीवनलाई दुर्घटना भैहालेमा व्यापक रुपमा सुरक्षाको सुनिश्चत्ता प्रदान गर्दछ । दुर्घटना बीमा रक्षावरण अन्तर्गत निम्न विषय पर्दछन्ः

- दुर्घटनाले हुने मृत्यु (एडि)– कथंकदाचित दुर्घटनाको कारण बीमितको मृत्यु भैहालेमा एकमुष्ठ रकम लाभग्राहीलाई प्रदान गरिनेछ ।

  • सदाका लागि पूर्ण अपाङ्ग (पिटिडि)–दुर्घटनाको कारण सदाका लागि पूर्ण अपाङ्ग हुन गएमा बीमितलाई एकमुष्ठ रकम प्रदान गरिनेछ ।
  • सदाका लागि आँशिक अपाङ्ग (पिपिडि)–कथंकदाचित दुर्घटनाको कारण हेर्ने वा सुन्ने वा बोल्ने शक्ति गुमेमा समर्पण रकमको प्रतिशतका दरले हुन आउने रकम बीमितलाई चुक्ता गरिनेछ ।