Skip Navigation
बन्द गर्नुहोस्

नोट

चयन गरिएको पृष्ठको लागि अनुवाद हाल उपलब्ध छैन।

ग्रुप मेडिकल

हामे योजनाले बृहत्, लचिलो र अनुकूलन ग्रुप मेडिकल कभरेजको अवसर प्रदान गर्दछ ।

ग्रुप मेडिकलको सम्बन्धमाः

बृहत् ग्रुप मेडिकल बीमालेखले लचिलो एवं अनुकुलन लाभ प्रदान गर्दछ, जुन संस्थाको आवश्यकता अनुसार तपाईंको कर्मचारीहरु, तिन्का पति÷पत्नी र आश्रीत सन्ततिको हितका लागि उपयुक्त हुने किसिमले निक्र्यौल गर्न सकिनेछ । मेडिकल उपचार खर्चहरु बीमितले चोटपटक लाग्दा वा विरामी पर्दा वास्तविक रुपमै व्यहोरेका व्यवहारिक र यथोचित शुल्कहरुका लागि निम्न वमोजिमका लाभहरु बीमा योजनाद्वारा पूर्वनिर्धारित अधिकतम सीमाको अधीनमा रही भर्पाई दिनेछ।

क. अस्पताल भर्ना÷इन्–पेसेन्ट(आइपि)

अस्पताल भर्ना लाभ बीमित व्यक्तिद्वारा चोटपटक वा विरामीका कारण अस्पतालमा भर्ना हुंदा रक्षावरण गरिएको योजनाको सीमासम्म कोठा वा बोर्ड, आइसियु÷सघन उपचार, शल्यक्रिया, एनेस्थेसीया, सिफारिस गरिएका औषधिहरु, परामर्श, जनरल नर्सिङ स्याहार, दर्ता भएको एम्बुलेन्स सेवा अस्पताल जान र फर्किन, सर्जिकल लाभहरु, रोगको पहिचान गर्न र प्रयोगशालाका शुल्कहरु, फिजियोथेरापी, अस्पताल भर्ना पूर्व र अस्पताल भर्ना  पछिको शुल्कहरु आदिका लागि  बीमितले व्यहोरेको वास्तविक खर्चहरु भुक्तानीयोग्य हुन्छन् । आदि हदतक लागू हुनेछ ।

ख. प्रसुति (एमएटि)

प्रसुति लाभहरु बीमित व्यक्तिद्वारा प्रसवका कारण व्यहोरिएको कभर गरिएका वास्तविक खर्चहरुका लागि भुक्तानयोग्य हुन्छन् । बच्चाको जन्म सामान्य  वा शल्यक्रियाबाट  वा वैधानिक गर्भपतन वा गर्भ तुहिएको सबै अवस्थामा नियमित जन्म÷भर्ना, प्रसव पूर्व र प्रसव पछिको स्याहार, सबै जाँच–परीक्षणहरु र गर्भावस्थाको दौरान गरिने अन्य खर्चका लागि शुल्कहरु समाविष्ट छन् । सुत्केरी÷ प्रसुती सम्बन्धी गरिएका यथोचित खर्चहरुको भपाई बीमितले व्यहोरेको कम्तीमा २८० क्रमागत दिनहरुका लागि उपयुक्त वर्गमा नामाँकन भएपछिमात्र दिइनेछ ।

ग. आउट पेसेन्ट (ओपि)

आउट पेसेन्ट लाभहरु डक्टर परामर्श, अनुसन्धान र औषधीय लाभहरु अन्तर्गत जारी योजनाको हदसम्म बीमित व्यक्तिले व्यहोरेको कभर गरिएको वास्तविक आउट पेसेन्ट खर्चका लागि लागुयोग्य सह–बीमा वा सह–भुक्तानीको अधिकमा भुक्तानयोग्य हुन्छन् । यो लाभको भागीदार बन्न कम्तीमा २५ जना योग्य कर्मचारीहरु हुनु अनिवार्य छ ।

घ. डेण्टल (डिइएन)

डेण्टल लाभहरु डक्टर परामर्श, मेडिकेसन, स्केलिङ, दाँत भर्न, दाँत निकाल्न, इम्याजिङ÷एक्स रे, रुट क्यानल उपचार (आरसिटि), आरसिटिका निम्ति खोल राख्ने लाभहरु अन्तर्गत जारी योजनाको हदसम्म बीमित व्यक्तिले व्यहोरेको कभर गरिएको वास्तविक आउट पेसेन्ट खर्चका लागि लागुयोग्य सह–बीमा वा सह–भुक्तानीको अधिकमा भुक्तानयोग्य हुन्छन् । एस्थेटिक्स र डेञ्चर्स यसमा कभर गरिएको छैन । यो लाभको भागीदार बन्न कम्तीमा ५० जना योग्य कर्मचारीहरु ह्ुनु अनिवार्य छ ।

ङ. अप्टिकल (ओपिटि)

अप्टिकल लाभहरु परावर्तनको खराबीहरुका लागि डक्टर परामर्श÷परीक्षण, सिफारिस गरिएको औषधिहरु, सिफारिस गरिएको फ्रेम र परावर्तनको निम्ति चश्माको लेन्सहरुका लाभहरु अन्तर्गत जारी योजनाको हदसम्म बीमित व्यक्तिले व्यहोरेको कभर गरिएको वास्तविक नियमित अप्टिकल उपचार खर्चका लागि लागुयोग्य सह–बीमा वा सह–भुक्तानीको अधिकमा भुक्तानयोग्य हुन्छन् । कन्ट्याक्ट लेन्सहरुको खर्च यसमा कभर गरिएको छैन । यो लाभको भागीदार बन्न कम्तीमा ५० जना योग्य कर्मचारीहरु हुनु अनिवार्य छ ।

प्रथम पटक पोलिसी जारी  मितिः ०२/०४/२०१५

मेटलाइफ ग्रुप बीमा पोलिसीहरु केही अपवर्जनहरु, हेरफेरयोग्य, सीमाहरु र शर्तहरुको अधिनमा छन् । अन्य जानकारी चाहिएमा मेटलाइफ प्रतिनिधिसँग सम्पर्क राख्नुहोस् अथवा हामीलाई कल गर्नुहोस् ।