Skip Navigation
बन्द गर्नुहोस्

नोट

चयन गरिएको पृष्ठको लागि अनुवाद हाल उपलब्ध छैन।

ग्रुप लाइफ, ग्रुप व्यक्तिगत दुर्घटना(जिपिए) र घातक रोग

तपाईंको कर्मचारीहरुलाई दुर्घटना वा वीमारीले गर्दा मृत्यु हुँदा कभर गरिएको छ भनी आश्वस्त बनाउनुहोस् ।

ग्रुप लाइफ, ग्रुप व्यक्तिगत दुर्घटना र स्वास्थ्य(जिपिए), घातक रोग बीमा पोलिसी एक विशुद्ध संरक्षण र प्रत्येक वर्ष नवीकरण गर्न मिल्ने आवधिक बीमालेख हो ।

कुनै पनि संस्थानको सफलताको मूल आधार भनेकै यसका जनशक्ति हुन् । तपाईंको कर्मचारीहरुको हित र काम प्रतिको लगाव नै तपाईंको व्यवसायको उन्नति र प्रगतिमा महत्वपूर्ण भूमिका रहन्छ । हालैका  अध्ययनहरु अनुसार जब रोजगारीको प्रत्यासी हुने गर्छन् तब कर्मचारी लाभको विषयलाई उच्च प्राथमिकता दिने प्रचलनलाई कर्मचारीहरुले विशेष महत्व दिने गरेको पाइएको छ ।

मेटलाइफमा, हामी मान्दछौं कि जीवन अनिश्चित् छ र तपाईंको लागि तपाईंका कर्मचारीहरुमा भवितव्य आइपर्न सक्ने दुर्घटना र बिमारीका कारण घट्ने ठूलो घटना र त्यसबाट पर्न जाने आर्थिक बोझ विरुद्धमा सुरक्षा प्रदान गर्नु जरुरी छ । मेटलाइफको ग्रुप लाइफ, ग्रुप व्यक्तिगत दुर्घटना र स्वास्थ्य(जिपिए), घातक रोग बीमा बीमाले तपाईंका कर्मचारीहरुलाई  विश्वव्यापी रुपमा दिनको २४ सै घण्टा र वर्षको ३६५ दिन नै दुर्घटना र वीमारीको कारण गुमेको आर्थिक अवस्था विरुद्ध संरक्षण प्रदान गर्दछ ।

बीमालेखले देहाय बमोजिमका रक्षावरणहरु समाविष्ट गरेको छ, जुन संस्थाको आवश्यकताहरु बमोजिम अनुकूल बनाउन सकिनेछ ।

ग्रुप आवधिक जीवनः

ग्रुप अवधिक जीवन बीमा योजनाले दुर्घटना वा वीमारीको कारण निधन भएमा वा सदाका लागि अपा· हुन परेमा  तपाईंको कर्मचारीहरुलाई कभर गर्दछ ।  

ग्रुप लाइफ (दुर्घटना र बीमारीको कारण हुने मृत्यु)

बीमित कर्मचारी विश्वको कुनैपनि स्थानमा रहेको अवस्थामा दुर्घटना वा रोगको कारण मृत्यु हुन पुगेमा एकमुष्ठ लाभ रकम निजको लााभग्राहीलाई प्रदान गरिनेछ । तर यदि, युद्धको बेला र युद्धमा सक्रिय सहभागी भएर र आत्महत्या गरेर मृत्यु भएको छ भनें त्यसको क्षतिपूर्तिबाट बीमितको लाभग्राही बञ्चित रहनेछ । 

सदाका लागि पूर्ण अपा·ता पुरक करार (दुर्घटना र वीमारीको कारण)

यदि कोही पनि बीमित कर्मचारी दुर्घटना वा वीमारीको कारणबाट शारीरिक रुपमा घाइते भएर पूर्ण रुपमा र सदाका लागि अपा· हुन्छ र ऊ अन्य आय आर्जन वा मुनाफा गर्ने पेशा अपनाउन सम्पूर्ण रुपमा असमर्थ हुन्छ, साथै त्यस्तो बीमितको उमेर ६० वर्षभन्दा कम छ भनें यस अन्तर्गतको लाभ एक वर्ष अपा·ता प्रतिक्षा अवधि पश्चात ६० महिने किस्तामा भुक्तानयोग्य हुन्छ । मृत्यु हुँदाको लाभ बढाउन चाहेमा अतिरिक्त शुल्क लाग्ने छैन । यदि बीमित कर्मचारीले बीमा गरेपछि १२ लगातार महिना र उसको ६० औं जन्मदिनभन्दा अघि र अर्को १२ महिनाभित्रमा दुर्घटना वा वीमारीको कारण उसको मृत्यु भएमा बीमांक रकम एकमुष्ठ रुपमा निजको लाभग्राहीलाई भुक्तानी दिइनेछ ।

सदाका लागि आँशिक रुपमा अपा·ता पुरक करार (दुर्घटना र वीमारीको कारण)

यदि बीमित कर्मचारी दुर्घटना वा वीमारीको कारणबाट शारीरिक रुपमा घाइते हुनाले सदाका लागि आँशिक तवरमा अपा· हुन्छ र त्यस्तो अवस्था हुँदा उसको उमेर ६० वर्षभन्दा कम छ र यो योजना अन्तर्गत बीमा गरेको कम्तीमा ६ महिनापछि भएको छ भनें यो लाभ योजना भुक्तानयोग्य हुनेछ ।

अपा·ता  लागूूयोग्य प्रतिशत अपा·ता  लागूूयोग्य प्रतिशत अपा·ता  लागूूयोग्य प्रतिशत

 

काँध र नाडी बीचको पाखुरालाई नोक्सानी पुगेमा

 

 

५०%

 


माझ औंला  पूरै गुमेमा

 

 

६%

 


गोडाको सबै औलाहरु गुमेमा

 

 

१५%

 


नाडीभन्दा तलको हात गुमेमा

 

 

५०%

 


साहिंली औंला  पूरै गुमेमा

 

 

५%

 

एउटा आँखा गुमेमा

 

 

५०%

 


चारवटा औंलाहरु र बुढी औंला गुमेमा

 

 

४०%

 

कान्छी औंला  पूरै गुमेमा

 

 

४%

 


दुवैकान बहिरो भएमा

 

 

५०%

 

चारवटा औंलाहरु  गुमेमा

 

 

३५%

 

हिपमा गोडाको हानी

 

 

५०%

 


एउटा कान बहिरो भएमा

 

 

१५%

 


बुढी औंला पूरै गुमेमा

 

 

२५%

 


घुँडा र हिप बीच गोडाको हानी

 

 

५०%

 


गोडाको बुढी औला गुमेमा

 

 

५%

 


चोर औंला  पूरै गुमेमा

 

 

१०%

 


घुँडामुनी गोडाको हानी

 

 

३५%

 

गोडाको बुढी औलाभन्दा अन्य औलाहरु गुमेमा, यदि एकभन्दा बढी भएमा, प्रत्येकको

 

 

१%

मेटलाइफ ग्रुप बीमा पोलिसीहरु केही अपवादहरु, हेरफेरयोग्य, सीमाहरु र शर्तहरुको अधिनमा छन् । अन्य जानकारी चाहिएमा मेटलाइफ प्रतिनिधिसँग सम्पर्क राख्नुहोस् अथवा हामीलाई कल गर्नुहोस् ।

ग्रुप व्यक्तिगत दुर्घटना र स्वास्थ्य

क. दुर्घटनाले मृत्यु

यदि दुर्घटनाबाट घाइते भएको बीमित कर्मचारीको मृत्यु भएमा बीमांक रकम निजको लाभग्राहीलाई भुक्तान दिइनेछ ।

ख. अङ्गभङ्ग हुँदा, हेर्ने, सुन्ने र बोल्ने क्षमता गुम्दा क्षतिपूर्ति

यदि, दुर्घटनाबाट भएको चोटपटकको कारणले बीमित कर्मचारीले देहायमध्ये कुनै एकको क्षति व्यहोेरेमा बीमित सदस्यलाई  लागूयोग्य प्रतिशत अनुसार यहाँ देखाइए बमोजिम बीमांक रकममा लागू गरी  एकपटक एक मुष्ठ रकम प्रदान गरिनेछ ।

अपा·ता  लागूूयोग्य प्रतिशत अपा·ता  लागूूयोग्य प्रतिशत अपा·ता  लागूूयोग्य प्रतिशत


दुवै हात वा दुवै खुट्टा गुमेमा

 

 

१००%


हात वा खुट्टा गुमेमा र एउटा आँखाले नदेख्ने भएमा

 

 

१००%


हात वा खुट्टा गुमेमा

 

 

५०%

 


दुवै आँखा नदेख्ने भएमा

 

 

१००%

 

बोल्न नसक्ने भएमा

 

 

१००%

 

एउटा आँखा नदेख्ने भएमा

 

 

५०%

 


एउटा हात वा एउटा खुट्टा गुमेमा

 

 

१००%

 

दुवै कान नसुन्ने भएमा

 

 

१००%

 


बुढी औंला र चोर औंला गुमेमा

 

 

२५%

ग. पूर्णतया र सदाको लागि अपाङ्ग (पिटिडि) भएमा

यदि, दुर्घटनाबाट भएको चोटपटकको कारणले बीमित कर्मचारी  पूर्णरुपमा अपा· भएमा र त्यस्तो अपा·ता बाह्र (१२) महिनासम्म लगातार जारी रहेमा र बीमित कर्मचारी जीवनभर फाइदाजन्य पेशा वा रोजगार गर्नदेखि असमर्थ रहेमा लाभ रकम त्यस्तो बीमित कर्मचारीलाई एक मुष्ठ उपलब्ध गराइनेछ ।

घ. दुर्घटनाको मेडिकल खर्चको भर्पाई (एएमआर)

यदि, दुर्घटनाबाट भएको चोटपटकको कारण बीमित कर्मचारीलाई डक्टरद्वारा उपचार गर्नु परेमा, अस्पतालको सुविधाहरु प्रयोग गरेमा, वा अस्पतालमा रहँदा लाइसेन्स प्राप्त वा स्नातक नर्सलाई काममा राख्नु परेमा, दुर्घटना भएको मितिले बाउन्न (५२) हप्ता भित्रमा गरिएको व्यवहारिक, यथोचित र आवश्यक मेडिकल खर्चहरुमा त्यसप्रकारको डक्टरको परीक्षण शुल्क, अस्पतालको शुल्कहरु र नर्सको फिहरु, जुन  कटौतीयोग्य (यदि कुनै छ भनें) भन्दा वढी भएको रकम बीमालेखमा उल्लिखित सीमासम्मको बीमांक रकम भुक्तानी दिइनेछ । 

ङ. दुर्घटनाले साप्ताहिक अपा·ता क्षतिपूर्ति (एडब्लुआइ)

यदि, दुर्घटनाको चोटपटकको परिणाम स्वरुप, बीमित कर्मचारी  पूर्णरुपमा अपा· भएको छ र त्यस्तो अवस्था लुप्त अवधि अर्थात् १ हप्ता (७ दिन) को भन्दा वढी समयका लागि लगातार रहन्छ भनें साप्ताहिक दुर्घटना  अपा·ता क्षतिपूर्ति त्यस्तो बीमित कर्मचारीको हकमा लागू हुनेछ र यस्तो क्षतिपूर्ति यसरी लुप्त अवधि समाप्त भए पश्चात पहिलो दिनसँगैं पूर्णतया  अपा·ताको निरन्तर अवधिसम्मका लागि क्रमबद्ध रुपमा भुक्तानी शुरु गरिनेछ, तर यस्तो भुक्तानी अधिकतम बाउन्न (५२) हप्ताभन्दा बढी हुने छैन ।

च. अस्पताल भर्नाको साप्ताहिक आम्दानी– दुर्घटना र विरामी (आइएच–ए एण्ड एस)

जब, दुर्घटनाबाट भएको चोटपटक वा विरामीको कारण बीमित कर्मचारीले डक्टरको निरन्तर निगरानीमा रहेर कम्तीमा २४ घण्टा अस्पतालमा भर्ना भई उपचार गराउनु परेमा बीमालेखमा उल्लिखित भएको साप्ताहिक लाभ भुक्तानी गरिनेछ, यस्तो लाभ  भर्ना भएदेखि हरेक हप्ता गर्दै बाउन्न (५२) हप्तासम्मको लागि, बीमालेखमा उल्लेखित लुप्त अवधि (यदि कुनै छ भने) पश्चात तत्काल लागू गरिनेछ ।

मेटलाइफ ग्रुप बीमा पोलिसीहरु केही  अपवादहरु, हेरफेरयोग्य, सीमाहरु र शर्तहरुको अधिनमा छन् । अन्य जानकारी चाहिएमा मेटलाइफ प्रतिनिधिसँग सम्पर्क राख्नुहोस् अथवा हामीलाई कल गर्नुहोस् ।

ग्रुप घातक रोग 

घातक रोग अन्तर्गत जब बीमित कर्मचारी पोलिसीमा परिभाषित एवं सूचीकृत भएका घातक रोगबाट ग्रसित भएको निदान हुनेछ उक्त बीमित सदस्यलाई एक मुष्ठ रकम भुक्तानी दिइनेछ । बीमित कर्मचारीहरु र तिनका आश्रीतहरु तल लेखिएका तीन (३) वटा योजनाहरुमध्ये कुनै एकले कभर गर्न सक्नेछ ।

योजना १ः अतिशय क्यान्सरहरु मात्रः अथवा

योजना २ः अतिशय क्यान्सरहरु, स्ट्रोक, पहिलो ह्रृदयघात, गम्भीर कोरोनरी आर्टरी रोग, मुटुको भल्भको शल्यक्रिया, प्राथमिक पल्मनरी हाइपरटेन्सन ।

योजना ३ः अतिशय क्यान्सरहरु, स्ट्रोक, पहिलो ह्रृदयघात, गम्भीर कोरोनरी आर्टरी रोग, मुटुको भल्भको शल्यक्रिया, प्राथमिक पल्मनरी हाइपरटेन्सन, अन्तिम अवस्थाको फोक्सो सम्बन्धी रोग, अन्तिम अवस्थाको कलेजो फेलर, फ्लमिनेन्ट हेपाटाइटिस, मृगौला फेलर, कोमा, एप्लाटिस्क एनिमिया, प्रमुख अ·÷ बोनम्यारो प्रत्यारोपण।

प्रथम पटक पोलिसी जारी मितिः ०२/०५/२००४